-नेपाली बैज्ञानिकहरुको सँस्थाको चौथो सम्मेलन, प्यानल डिस्कशन र ११ कार्यपत्र प्रस्तुत

नेपाली बैज्ञानिकहरुको सँस्थाको चौथो सम्मेलन, प्यानल डिस्कशन र ११ कार्यपत्र प्रस्तुत

Hollywood Khabar May 24,2019 Comments

कृष्ण के सी/अमेरिका/५/२५/१९

नेपाली बैज्ञानिकहरुको सँस्था The US-Nepal Policy Research Center (US-NPRC) को चौथो सम्मेलन सम्पन्न भएको छ।

सान फ्रान्सिस्कोमा आयोजित सँस्थाको चौथो सम्मेलनमा प्यानल डिस्कशन देखि लिएर विभिन्न ११ बिषयमा कार्यपत्रहरु प्रस्तुत गरिए। यी कार्यपत्रहरु नेपाल सरकाको लागि अत्यन्तै उपयुक्त हुने कुरा उपस्थित अन्य व्यक्तिहरुले बताएका थिए।

संस्थाले बिगत चार वर्ष देखि सम्मेलन गर्दै आएको छ। नेपाली मुलका विभिन्न बैज्ञानिकको नेटवर्क प्रयासबाट सिकागोमा भएको पहिलो सम्मेनले एउटा संस्था बनाएको थियो। The US-Nepal Policy Research Center (US-NPRC) नामको यो सँस्थाले हाल संयोजन गर्दै सम्मेलन गर्दै आएको छ।

सँस्थाका अध्यक्ष डा आमोद पोखरेलको संयोजनमा भएको यो सम्मेलनको समापन पछि आगामी दुइ वर्षको लागि नयाँ नेतृत्व समेत चयन हुने कुरा गरिएको छ।

हलिउडखबरले लाइभ गरेको भिडियो हेर्न तलको लिंकहरु क्लिक गर्नुहोस:

https://www.facebook.com/krishnakc2017/videos/643851039421419/

 

https://www.facebook.com/krishnakc2017/videos/406090446649434/

 

https://www.facebook.com/krishnakc2017/videos/417849465719800/

 

https://www.facebook.com/krishnakc2017/videos/335246130450722/