-संयुक्त राष्ट्रसंघका दुइ कर्मचारी गाडीभित्र यौनक्रिया गरेकोले निलम्वित

संयुक्त राष्ट्रसंघका दुइ कर्मचारी गाडीभित्र यौनक्रिया गरेकोले निलम्वित

Hollywood Khabar July 02,2020 Comments

संयुक्त राष्ट्रसंघले इजरायल कार्यालयको गाडीभित्र यौन गतिविधि गरेको भन्दै आफ्ना दुई कर्मचारीलाई निलम्बन गरेको छ।

तेल हभिभस्थित सडकमा राष्ट्रसंघको गाडीभित्र एक जोडीको यौन क्रियाकलाप कैद भएको थियो। कारको पछिल्लो सीटमा संघकी भनिएकी महिला र अर्का व्यक्तिबीच यौन संबन्ध भएको भिडिओमा देखिएको दावी बिबिसीको छ।

भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रसंघले अनुसन्धान गरेर उचित कारबाही गरेको बताएको छ।अनुसन्धानले भिडियोमा देखिएका दुइ व्यक्ति इजरेलस्थित राष्ट्रसंघका शान्तिसेनाको मिशन यूएनटीएसओमा कार्यरत भएको जनाएको छ। उनीहरु सैन्य पर्यवेक्षणका लागि खटिएका अन्तर्राष्ट्रिय कर्मचारी भएको समेत संघले जनाएको छ।