-युनिमी नेपालको अध्यक्षमा निर्वाचित घिताल र महासचिवमा भण्डारी  

युनिमी नेपालको अध्यक्षमा घिताल र महासचिवमा भण्डारी निर्वाचित 

Hollywood Khabar November 14,2019 Comments

२९ कार्तिक,काठमाडौँ ।सञ्चार, मनोरञ्जन र कला क्षेत्रमा काम गर्ने सम्पूर्ण श्रमिक र पत्रकारहरुको अन्तर्राष्ट्रिय साझा संस्था युनिमीको नेपाल च्याप्टरका लागि नयाँ नेतृत्व चयन भएको छ।काठमाडौमा सम्पन्न युनिमी नेपालको साधारण सभाले अध्यक्षमा नेपाल टेलिभिजनका गोविन्द घिताल र महासचिवमा राष्ट्रिय समाचार समिति (रासस)का जीवन भण्डारीलाई निर्वाचित गरेको छ ।युनिमी नेपालका निवर्तमान महासचिव समेत रहेका धिताल नेपाल टेलिभिजन कर्मचारी संघको निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ भने महासचिवमा निर्वाचित भण्डारी सञ्चार कानुनका अध्यापक पनि हुनुुहन्छ ।
 
समितिको उपाध्यक्षमा कान्तिपुर टेलिभिजन कर्मचारी संघकी अध्यक्ष निर्मला बस्नेत, उपमहासचिवमा प्रेस काउन्सीलका सुरेन्द्र मल्ल, सचिवमा इमेज एफएमका काशीनाथ दवाडी, सहकोषाध्यक्षमा मेट्रो एफएमका शिव रेग्मी र सदस्यमा अनिता रिमाल चयन हुनुभएको छ ।एघार सदस्यीय कार्यसमितिमा फरकफरक मिडिया हाउसबाट प्रतिनिधित्व गर्ने गरी बरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष र दुई जना सदस्य पछि मनोनयन गरिने निवर्तमान अध्यक्ष राजकुमार थापाले जानकारी दिनुभयो ।
 
साधारण सभामा युनिमी आबद्ध रहेको युएनआई नेपालका अध्यक्ष शंकरप्रसाद लामिछानेले सञ्चार, मनोरञ्जन र कला क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारी तथा कामदारहरुको सामूहिक हित र सुरक्षाका लागि शसक्त र प्रभावकारी रुपमा प्रस्तुत हुन नयाँ नेतृत्वलाई शुभकामना दिनुभयो ।उहाँले संसारभरी शाखाहरु रहेको युनिमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संगठनसँग सहकार्य गरेर नेपालमा यस क्षेत्रका कर्मचारी, कामदार र पत्रकारहरुका लागि नेतृत्वदावी भूमिका खेल्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
 
नवनिर्वाचित अध्यक्ष धितालले पत्रकार र श्रमिक सम्वन्धी कानुनहरु श्रमिकमैत्री बनाउन र कार्यान्वयन गर्न लगाउने गरी सवै जिल्ला तथा सञ्चार प्रतिष्ठानमा संगठन विस्तार गर्ने योजना रहेको बताउनु भयो ।विश्वका ७० देशमा समिति रहेको युनिमीको प्रधान कार्यालय स्वीजरल्याण्डमा छ भने जोहेनस स्डुडिङगर यसको अन्तर्राष्ट्रिय अध्यक्ष हुनुहुन्छ ।