-NRNA पूर्व अध्यक्ष डा घले र जमुना गुरुङ न्यूयोर्कमा, Picture from Sonam Lama Facebook

UNA को चौथो सम्मेलनमा भागलिन NRNA पूर्व अध्यक्ष डा घले र जमुना गुरुङ न्यूयोर्कमा

Hollywood Khabar May 22,2019 Comments

कृष्ण के सी/अमेरिका/५/२३/१९

युनाइटेड नेप्लिज एसोशिएसन (UNA) को चौथो सम्मेलनका प्रमुख अतिथि गैरआवासीय नेपाली संघ (NRNA) का पुर्व अध्यक्ष डा शेष घले तथा पूर्व आइसीसी सदस्य जमुना गुरुङ न्यूयोर्क आइपुगेका छन्।

सम्मेलनका प्रमुख अतिथि घले दम्पतिलाइ कन्भेनर तथा NRNA अमेरिकाज क्षेत्रका पूर्व क्षेत्रीय संयोजक सोनाम लामा, NRNA सोहि क्षेत्रका क्षेत्रीय उपसंयोजक नविन शेरचन, UNA का संस्थापक अध्यक्ष पासाङ लामा लगायतले घले दम्पन्तिलाइ न्योयोर्कमा स्वागत गरेका हुन्।

यो सम्मेलन मेमोरियल डे को सप्ताह अर्थात मे २५-२६, २०१९ मा अमेरिकाको न्यूयोर्क शहरमा आयाेजना गरिएको छ।गत बर्ष टेक्सस राज्यको डालसमा सम्पन्न उक्त सम्मेलनमा पनि प्रमुख अतिथि घले दम्पति नै थए।