Jamuna Gurung, Profile Picture by Krishna KC in 2014, Kathmandu, Nepal

UNA सम्मेलनमा महिला नेतृत्व बिकासबारे जमुना गुरुङको प्रस्तुति

Hollywood Khabar May 19,2018 Comments

कृष्ण के सी/अमेरिका
यूनाइटेड नेपलीज एशोसियशन (UNA) को तेश्रो सम्मेलन टेक्सस राज्यको डालस शहरमा यही मे २६-२७, २०१८ मा हुँदैछ। सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ। यो पटकको सम्मेलनका धेरै मध्येको एउटा शेशन महिला नेतृत्व बिकासको हो। शेशनमा नेपालीहरुको विश्व संजालमा भरपूर सुनिएको नाम जमुना गुरुङ्ग्को प्रस्तुति रहने छ।

उसो त जमुना गुरुङ बारे यो पंक्तिकार र हलिउडखबरको लागि नयाँ र नौलो नाम पटक्कै होइन। छोटो रुपमा भन्नु पर्दा नेपालको सामान्य परिवारमा जन्मेर घण्टौ यात्रा गरेर एक गाग्रो पानी बोक्ने देखि अष्ट्रेलियाको आठौँ धनाढ्य महिला सम्मको अनुभव छ जनुना गुरुङमा।

गुरुङलाइ कतिपयले डा शेष घलेकी पत्नीको रुपमा मात्र हेर्ने गर्छन। तर बुझ्नु पर्ने कुरा भनेको त्यो ठूलो सफल ब्यबसाय डा घलेको एकल यात्राले भएको होइन। जमुना गुरुङको कुशल ब्यबस्थापन र दूर दृष्टिको पाटो अर्को कारण मान्नुहुन्छ दुबैजना।

सयौं कामादारहरुको ब्यबस्थापन गर्नु, कम्पिटेटरहरुसंग प्रतिस्पर्धा गर्नु, नयाँ कुरा नियमित रुपमा बिकास गर्नु, मोडलिङ्ग-रिमोडलिङ्ग, प्रमोशन, इनोभेशन, क्वालिटी कन्ट्रोल, मार्केट स्ट्राटेजी जस्ता कुरा कर्पोरेट लाइफका नियमित कुरा हुन्। ति सबै कुराहरुको ज्ञान, सिप, क्षमता, अध्यययन र कला जमुना गुरुङसंग छन।

यति मात्र होइन जमुना गुरुङ सामाजिक बिकासमा समेत उत्तिकै भिजेकी महिला उद्धमी हुनुहुन्छ। पहिला व्यक्तिगत रुपमा र MIT फाउण्डेशनको स्थापना पछि फाउण्डेशनबाट नेपालमा थुप्रै प्रोजेक्ट गर्दै आउनु भएका डा घले र जमुना गुरुङको च्यारिटीमा अर्कै कालको योगदान र पहिचान छ।

यस्तो बहु आयामिक क्षेत्रमा सफल महिला जमुना गुरुङबाट हुने महिला नेतृत्व बिकासका बारे प्रस्तुति एकदमै दमादार हुने कुरामा दुइमत छैन। धेरै व्यक्तिहरु त डा घले र जमुना गुरुङको प्रस्तुति हेर्नकै लागि टेक्सास जानेहरु पनि छन्।