-युनाइटेड नेप्लिज एसोशिएसनको सम्मेलन मेमोरियल डे सप्ताहमा न्यूयोर्कमा हुँदै

युनाइटेड नेप्लिज एसोशिएसनको सम्मेलन मेमोरियल डे सप्ताहमा न्यूयोर्कमा हुँदै

Hollywood Khabar March 03,2019 Comments

विजय थापा/डीसी

युनाइटेड नेप्लिज एसोशिएसन (युएनए ) को सम्मेलन मेमोरियल डे को सप्ताहमा अमेरिकाको न्यू योर्क शहरमा आयाेजना हुने भएको छ ।

न्यूयोर्कमा हुने युएनएको चौथो सम्मेलनको भब्य तयारी भै रहेको आयोजकले जानकारी दिएका छन् । गत बर्ष टेक्सस राज्यको ड्यालसमा सफलता पूर्वक सम्पन्न उक्त सम्मेलन यस पटक न्यूयोर्कमा हुन् लागेको हो । केही समय अगाडी न्यू योर्कमा सम्मेलन बारे पत्रकार सम्मेलनको आयोजना गरेको थियो। आयोजकहरुले सम्मेलनमा सवै समुदायलाई सहभागिताको लागी आव्हान तथा अनुरोध गरेका छन्। सम्मेलन सफल पार्न आयोजकहरु तयारीमा जुटेका छन्।

यसैबीच युएनएले चाैथाे सम्मेलनकाे प्रतिक चिन्ह (लाेगाे) सार्वजनीक गरेको छ। सम्मेलनको आयोजना अधिकांश युवाहरुको काँधमा जिम्मेबार प्रदान गरिएको छ । उनीहरुमा अद्भुत शक्ति, आँट, जोश र जाँगर हुने भएकोले उनीहरुको काँधमा जिम्मवारी गत बर्ष दिएको जस्तै दिइएको छ ।

सम्मेलनमा बहस कार्यक्रम ,साहित्य ,बालबालिकाका कार्यक्रम, बिभिन्न मंचका कार्यक्रम, खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना हुने छ । सम्मेलनलाई सफल बनाउन न्यू योर्कका स्थानीय संघ/संस्था संग सहकार्य गरिने आयोजकले जानकारी दिएका छन्।

पत्रकार सम्मेलन मार्फत सम्मेलनमा गैरआवासीय नेपाली संघका अध्यक्ष अध्यक्ष भवन भट्ट, निवर्तमान अध्यक्ष डा शेष घले लगायतलाई निम्तो दिइएको आयोजकले जानाकारी दिएका छन् ।

गत बर्ष एनआरएनएका निवर्तमान अध्यक्ष डा शेष घलेको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा जमुना घलेले समेत टेक्सस ड्यालसमा सहभागिता जनाउनु भएको थियो। आयोजक संस्थाका क्षेत्रीय संयोजक एवं उपसभापति पवन योञ्जनले नेपाली समुदाय सबैलाई सहभागिताको लागि आब्हान गरेका छन् । सम्मेलनमा युवा लक्षित मार्सल आर्ट, समेत प्रदर्शन हुनेछ। यो सम्मेलनको सुरुवात र स्थापना गर्ने श्रेय टेक्ससका सफल ब्यबसायी पासाङ लामा हुन्।