-तस्विर वेव

यूएनका पूर्वकर्मचारी डाल्गिस बाल यौन दुराचार मुद्दामा दोषी ठहर

Hollywood Khabar June 10,2019 Comments

२८ जेठ, काभ्रेपलाञ्चोक ।बाल यौन दुराचार मुद्दामा संयुक्त राष्ट्र संघ (यूएन) का पूर्वकर्मचारी जोन पिटर डाल्गिस दोषी ठहर भएका छन् । जिल्ला अदालत, काभ्रेपलाञ्चोकले डाल्गिसलाई बाल यौन दुराचार सम्बन्धी मुद्दामा सोमबार दोषी ठहर गरेको हो ।केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २५ चैतमा काभ्रेको मन्डन देउराली नगरपालिकाबाट उनलाई पक्राउ गरेको थियो।

प्राप्त सबुत र प्रमाणको आधारमा न्यायाधीश अर्जुन अधिकारीको इजलासले उनलाई दोषी ठहर गर्दै  सजाय निर्धाणका लागि पेश गर्न आदेश दिएका छन् ।उनलाई सार्वजनिक गर्न ब्युरोले आयोजना गरेको पत्रकार सम्मेलनमा तत्कालिन निर्देशक पुष्कर कार्कीले डाल्गिस बाल यौन दुराचारको आरोपमा पक्राउ परेका मध्ये सबैभन्दा ‘हाइ प्रोफाइल’ व्यक्ति भएको बताएका थिए ।