-एमालेका नेता पशुपति चौलागाईँको कोरोनाका कारण निधन

एमालेका नेता पशुपति चौलागाईँको कोरोनाका कारण निधन

Hollywood Khabar May 11,2021 Comments

नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता तथा वागमती प्रदेश सभाका सदस्य पशुपति चौलागाईँको कोरोनाका कारण निधन भएको छ। बागमती प्रदेशका लागि दोलखा प्रदेश सभा (ख) बाट निर्वाचित भएका चौलागाईँ पहिला सांसद पनि थए।

आजको अन्नपूर्ण पोष्टले नेता चौंलागाईंको मनमोहन मेमोरियल अस्पतालमा उपचार हुँदै गर्दा मे ११, २०२१ मंगलबार राति निधन भएको कुरा सम्प्रेषण गरेको छ। गत साता कोरोनाभाइरसबाट संक्रमित भएपछि उनी सो अस्पताल भर्ना भएका थिए। चौलागाईँ एमालेको भात्री संगठन युवा संघ नेपालका पूर्वअध्यक्ष, पार्टीको वागमती अञ्चल कमिटीको ईन्चार्ज समेत रहेको कुरा समाचारमा जनाइएको छ।