Hollywoodkhabar advertisement

कारबाही र समानान्तरको दोहोरीमा एमाले फुट्ने, दुइ तिहाका ओली बुइतिहाइमा झर्ने

-कारबाही र समानान्तरको दोहोरीमा एमाले फुट्ने, दुइ तिहाका ओली बुइतिहाइमा झर्ने
0
shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले पार्टीको पछिल्लो पटक अध्यक्ष केपी ओली शक्तिशाली हुने आफ्नै नेतालाइ कारबाही गर्ने र अर्को पार्टीबाट आयातीत गर्ने दौडमा छन्। उता एमाले बरिष्ठ नेता माधब नेपाल समूह समानान्तर पार्टी बनाउने होडमा छ।

यी दुवै गतिबिधिका बीच अब एमाले फुटको संघारमा पुगेको छ। यसको परिणाम चाहिँ दुइ तिहाइका केपी ओली अब अर्को पार्टीको टेको लिएर बुइतिहार हुने भएका छन्। समूह बिस्तारमा केपी ओलीले एकलौटी पार्टी जिल्ला कब्जा गर्न खोजेपछि नेपाल समुहले पनि देशै भरि समानान्तर कमिटी बिस्तार गर्न थालेको हो।

यसै क्रममा मार्च १, २०२१ बिहीबार पोखरामा भएको कार्यक्रममा सुरेन्द्र पाण्डेको संयोजकत्वमा २२ सदस्यीय समानान्तर कमिटी वरिष्ठ नेता नेपालले कमिटी घोषण गरेका छन्। माधब नेपालको प्रमुख आतिथि र सुरेन्द्र पाण्डेको अध्यक्षतामा भएको प्रदेश भेलामा प्रदेशका ९ वटै जिल्लाको समानान्तर कमिटी घोषणा गरिएको छ।

  • कास्की-अध्यक्ष धनराज अचार्यलाई, सचिवम होमबहादुर नेपाली
  • स्याङ्जा-अध्यक्ष रामचन्द्र भट्टराई, सचिव भुपराज अधिकारी
  • म्याग्दी-अध्यक्ष बालकृष्ण सुवेदी
  • बागलुङ-अध्यक्ष इन्द्रलाल सापकोटा, सचिव लालबहादुर थापा
  • पर्वत-अध्यक्ष भक्त कुँवर, सचिव पदमपाणी शर्मा
  • तनहुँ- अध्यक्ष शंकनारायण क्षेष्ठ, सचिव श्रीराम कार्की
  • गोरखा-अध्यक्ष यादव बस्नेत, सानोमाया बस्नेत
  • नवलपुर र लमजुङमा भने नाम सार्वजनिक नगरिएको र मनाङ र मुस्ताङमा कमिटी गठन गर्न बाँकी रहेको जनाइएको छ।

ADVERTISEMENT-----