https://www.youtube.com/embed/Ofsaku-IYzE

एमालेले सुन्नै नसकिने अपशब्द बोल्दै मन्त्रि माथि आक्रमण-भिडियो सहित

Hollywood Khabar May 12,2017 Comments

एमाले कार्यकर्ताले काठमाडौंमा नाङ्गो नाच देखाएका छन्।सरकारमा रहि निकै लोकप्रियता कमाउनु भएका स्वास्थ्य मन्त्रि गगन कुमार थापालाई काठमाडौं क्षेत्र नम्वर ४को कपनमा आफन्त भेट्न गएको बेला घेरा हाली निक्कै घटिया हर्कत देखाएका हुन्।

नेपाली काँग्रेसका नेता तथा स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य क्षेत्रमा गरेको लोकप्रियता देखि डराएका एमालेले भोलि हुने स्थानीय निर्वाचनमा कांग्रेसको बदनाम गर्न चुनावको एकदिन अगाडी गगन  विरुद्ध षडयन्त्रपूर्वक परिचालित भएको आक्रमणकारी हरुले खिचेको भिडियोले देखाएको छ।

भिडियोमा स्वास्थ्य मन्त्रीको बदनाम गरि गालि गलौज गरेका छन्।गगनलाई आमा चकारी गालि गर्दै स्कूटिको ब्रेक फेल भएको भन्दै अर्को बाइकलाइ मन्त्रि  गगनको गाडी मुनि फालेर गगनलाइ फसाउने समेत भनेका छन्।

बा ७५ प ४१३१ नम्बर,बा ५७ प ६४३१,बा ७३ प ७९५० नम्बर लगाएतका करिव ७/८ वटा मोटर साइकलमा डबल बसेका एमाले कार्यकर्ताले गगनलाई आक्रामक सैलिमा लखेटेका हुन्। उनीहरुले बाटोमा रहेको ट्राफिक लाइ समेत अपशब्द बोलेका छन्। यस अघि तनहुँ आएका वन मन्त्रि शंकर भण्डारीलाई पनि तनहुँमा आक्रमण गर्ने प्रयास गरेका थिए।