-पुनर्वासमा २ घन्टा चक्काजाम

उखुको उचित  मूल्य र सीमा अतिक्रमण रोक्न काँग्रेसद्वारा चक्काजाम 

Hollywood Khabar February 13,2019 Comments

३ फागुन,पुनर्वास।सरकारले निर्धारण गरेको उखुको मूल्य कृषकले पाउनु पर्ने र पुनर्वासको डोकेबजारमा भएको भारतीय सीमा अतिक्रमण रोक्न सरकारको ध्यानाकर्षण गराउन नेपाली काँग्रेसले पुनर्वासमा चक्काजाम गरेको छ। सरकारले निर्धारण गरेको उखुको मूल्य दिलाउन सरकार आफै उदासिन भएको र पुनर्वासको डोकेबजारमा भएको भारतीय अतिक्रमण प्रती संघिय सरकार र प्रदेश सरकारले उदासिनता देखाएपछि काँग्रेसले बाध्य भएर साँकेतिक रुपमा शुक्रबार २ घन्टा चक्काजाम गरिएको नेपाली काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का सभापति गोपिप्रसाद उपाध्यायले बताए ।