बेलायतको जनगणनामा नेपालीको आंकडा

बेलायतको जनगणनामा नेपालीको आंकडाको लागि प्रधानमन्त्रीसँग भेट

Hollywood Khabar November 28,2018 Comments


कृष्ण के सी/अमेरिका

बेलायतको २०२१ मार्च महिनामा गरिने जनगणनामा नेपालीहरुको छुट्टै आंकडा निकाल्न प्रयास गरिने भएको छ।

बेलायतको इतिहास बिजेता र विरताले बनेको छ। बिश्वका सबै जसो देशको इतिहास पढ्दा बेलायत कहीं न कहीं, कतै न कतै जोडिन आउँछ। त्यो इतिहास नेपालीहरुको बलिदानी र योगदानको नाम बिना अधुरो रहन्छ।

उसो त बेलायत र नेपालको संबन्ध दुइसय बर्ष भन्दा लामो मानिन्छ। बेलायतको इतिहासमा छुट्टै महत्व राख्ने नेपालीहरुको आंकडा ऐले सम्म पनि निकालिएको छैन। अब हुने जनगननामा भने नेपालीहरु पनि दर्ता भएर नेपाली मुलकाहरुको संख्या रेकर्डमा छुट्टै होस् भन्ने प्रयास सुरु गरिएको छ।

बिषयलाइ सान्दर्भिक र सफल बनाउन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेलायतले नोवेम्वर २८, २०१८ मा एक छलफल कार्यक्रमको आयोजना गर्यो। हुन त यस पहिला पनि संघका संरक्षक मेजर डमर घलेको पहलमा यस्तो पहल भएको कुरा संघले बताइइएको छ।

तर यो पटक भने बिषयलाई प्रभावकारी रुपले अगाडि बढाएर सफल बनाइने छ। यसका लागि एक ज्ञापन पत्र सहित बेलायतका प्रधानमन्त्रीको निबासमा समेत पहल गरिने भएको छ। आगामी ५ डिसेम्बर २०१८ का दिन ११ बजे एउटा टोली प्रम निवास जाने भएको छ। त्यसको लागि अभियन्ताहरुले आफ्नो नाम टिपाउन सबैलाइ अनुरोध गरेका छन्।
थप जानकारीको लागि:
प्रबक्ता रमेश सारनकोटी-07578 571478
महासचिब राज कुमार त्रिपाठी -00 44 7798 694816
उपमहासचिब बिनय अधीकारी-07454 638283