Official Seal USCIS

ग्रीनकार्डका निवेदकलाइ USCIS ले गर्ने अन्तरबार्ता के कस्तो हुन्छ ?

Hollywood Khabar October 20,2018 Comments

कृष्ण के सी/अमेरिका
U.S. Citizenship and Immigration Services (USCIS) ले ग्रीनकार्डका निवेदनका लागि अन्तरबार्ता समेत हुने भन्दै अगष्ट २८, २०१७ मा एउटा सूचना जारि गरेको थियो। पहिला पहिला ग्रीन कार्डको लागि बिशेष केस परेका बाहेक कसैले पनि अन्तरबार्ता दिनु पर्दैनथियो।

ग्रीनकार्डको लागि थप गरिएको यस्तो अन्तरबार्ता प्रोशेसले ग्रीनकार्डका आवेदकहरुको लागि निश्चित प्रश्न या मापदण्ड पुरा गरेको भेरिफाइ भएपछि मात्र कार्ड प्रदान गरिने प्राबधान ब्यबस्थामा छ। यो थप प्रोशेस अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको कार्यकारी आदेश (Executive Order 13780, “Protecting the Nation From Foreign Terrorist Entry Into the United States”) अनुसार गरिएको हो। यो प्रक्रियामा आवेदकले अपराधिक गतिबिधि गरेको छ या छैन, पेश गरिएका डकुमेन्ट सहि हो या होइनन, बिचमा के के परिवर्तन भए जस्ता कुराहरु हेर्ने, चेक गर्ने, भेरिफाइ गर्ने, थप र घट समेत गर्ने गरिएको करा USCIS को जानकारीमा उल्लेख छ।

अक्टुवर १, २०१७ बाट लागु भएको यो थप ब्यबस्था धेरैजना नेपाली समुदायलाइ पत्तै छैन। कतिलाई त ग्रीनकार्डको लागि पनि अन्तरबार्ता भनेर अचम्म लाग्यो होला। वास्तवमा यो प्राबधान अब पार गर्नेपर्छ। उसो त ग्रीनकार्डको लागि पेश गर्ने निवेदन जसलाई Form I-485, Form I-730 र Form I-130, Form I-140 जस्ता फरक प्रकृतिका लागि फरक फर्म छन। त्यसमध्ये परिवार/नातेदारको लागि गरिने ग्रिनकार्डको निवेदन Form I-130 को लागि कतिपय अवस्थामा अन्तरबार्ता वेबर गर्न सकिने पनि कुरा उल्लेख छ।

निवेदन स्विकृत भएपछि, फिङगर प्रिन्ट हुन्छ। त्यसपछि USCIS ले प्रकृति हेरिकन अन्तरबार्ताको मिति तय गर्दछ। निवेदकको केश हेरिकन अन्तरबार्ता वेबर पनि हुन सक्छ। अन्यथा अन्तर्वार्ता सकिएपछि निर्णय मेलबाट आउँछ। त्यसको नजिकै ग्रीनकार्ड पनि आउँछ अनि तपाई स्थायी बासिन्दा हुनुभयो।

अब प्रश्न उठछ की ग्रीनकार्डको लागि गरिने अन्तरबार्तामा USCIS अफिसरले के कस्ता कुराहरु गर्छन। यस विषयमा कानुन ब्यबसायी बिनोद रोका भन्नुहुन्छ- ऐले सम्म क्रिमिनल रेकर्ड नभएका नेवेदकका लागि केश सामान्य नै हो। कतिपय कुरा बिचमा परिवर्तन भएका पनि हुन्छन, तिनै कुराहरु भेरिफाइ गर्ने हो। यसलाई अन्यथा र कठिन लिने कुरा छैन थप एउटा प्रक्रिया हो।

USCIS को ब्यबस्थामा यसबारे भनिएको छ-खासगरी निवेदनमा आवश्यक कुरा निवेदकले बुझ्दछन कि बुझ्दैनन्, निवेदनले मागे अनुसार डकुमेन्ट छ कि छैन, यस्तै थुप्रै कुरामा कम्प्लिट नभएको कुरा या प्रष्ट नभएका कुराहरु अफिसरले निवेदकलाइ सोधेर करेक्शन समेत गर्दछन।

कतिपय कुरा फाइल गरेको बेला भन्दा तत्काल परिवर्तन भएको अवस्था छ भने यो समेत थप-घट हुन सक्छ। जस्तो कि Form I-140 का निवेदकको लागि फाइल गर्ने रोजगारदाताले तत्काल पनि रोजगारी दिएको छ कि छैन। बिहे गरेको, ट्राभल गरेर देश बाहिर गएको, निवेदनमा उल्लेख व्यक्तिहरु मध्ये कोहि मरेको छ छैन, काम र ब्यबसायको जानकारी, नयाँ बच्चा जन्मेको छ या छैन, अपराध गरेको छ छैन, त्यो अबधिमा अन्य कारण कोर्टमा केश भए-नभएको इत्यादि हेरिन्छ। केहि असाइलीहरुलाइ अन्तरबार्तामा सो बिषयमा पनि सामान्य सोधपुछ भएको बताउँछन् नेपाली मुलका केहि व्यक्तिहरु।

तर पनि यो थप गरिएको ब्यबस्थाको अन्तरबार्तामा हेर्ने र सोध्ने भनेको निवेदनमा उल्लेख र संबन्धित डकुमेन्ट अनि भएका गतिबिधि, परिवर्तनसँग संबन्धित छन्। ति सबै कुरा सकेपछि अन्तरबार्ता लिने अफिसरले फाइनल कपि तयार गर्छन। त्यो कपिमा निवेदकले सही गरेर सो दिनको मिति समेत लेख्छन, त्यसपछि सकिन्छ तपाइको अन्तरबार्ता।

USCIS अफिसरले अन्तर्वार्ता छुट गर्दिने या वेब गर्दिने अवस्था पनि हुन सक्छ। निवेदक अन्तर्वार्ताको लागि योग्य छैन भन्ने कुरा उल्लेख भएको अवस्था जस्तो कि बच्चा, रोगि इत्यादि। खासगरी Form I-485 फाइल गरेका प्रिन्सिपल एप्लिकेण्टका अविवाहित २१ बर्ष मुनिका सिटिजनका सन्तानहरुलाइ अन्तरबार्ता दिनुपर्दैन भनिएको छ। यस्तो निवेदान परिवारका सदस्यसंगै गरेको अवस्था हुनुपर्छ। असाइली/रेफ्यूजी जसलाई USCIS अफिसरले पहिला नै अन्तर्वार्ता गरेका छन र उनीहरुका सन्तान/आफन्तको समेत फाइल संगै गरिएको छ भने तेस्ता निवेदकलाइ अन्तर्वार्ता वेबर हुनसक्छ। त्यसैगरी ग्रीनकार्ड भएका व्यक्तिका १४ वर्ष मुनिका सन्तानले गरेको Form I-485 भएको अवस्थामा अन्तर्वार्ता वेबर हुन्छ, दिनुपर्दैन। USCIS ले कुनै निवेदकको केश अनुसार अन्तार्वाता लिनु नपर्ने अवस्था देखेमा पनि वेबर हुन्छ।

अमेरिकी सेनामा कार्यरत निवेदकहरुलाई अन्तर्वार्ता वेबर गर्न सक्ने भएता पनि उनीहरुका श्रीमान्/श्रीमतीले भने अन्तर्वार्तामा उपस्थ्ति हुनैपर्छ। देश बाहिर कार्यरत निवेदक सेनाका लागि भने रिस्क्याजुल गरेर सुविदा मिलाउने बिशेष ब्यबस्था छ।

त्यसबाहेक सिटिजनका श्रीमती/श्रीमानलाइ पनि अन्तरबार्ता वेबार हुन सक्छ। तर त्यो पनि केश अनुसार हुन्छ। तेसैगरी ग्रीनकार्डको निवेदन रि-लोकेट गरेर अपायक पुगेको अवस्थामा पायक नपर्दा अफिसरले अन्तरबार्ता वेबर गर्न पनि सक्छन भनिएको छ।

अन्तमा, अन्तरबार्तामा यदि निवेदकलाइ अंग्रेजी भाषाको राम्रो दखल छैन भने निवेदकले इन्टरप्रेटर राख्न पनि सक्छन। इन्टरप्रेटर आफ्नो परिवार सदस्य मध्येको हुनुहुँदैन। उसको लागि थप योग्यता र प्राबधान छन्।