तस्बिर साभार वेब

उद्घाटन गरेको ११ महिना बितिसक्दापनि सञ्चालनमा आएन विद्युतीय बस

Hollywood Khabar September 20,2019 Comments

५ असोज काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् । प्राविधिक परीक्षणमा गुणस्तरहीन भेटिएका ती बस उद्घाटन गरेको भोलिपल्टदेखि नै बेकम्मा छन् ।

प्रधानमन्त्री ओली गत कात्तिक ७मा हरिहर भवनबाट विद्युतीय बस चढेर सिंहदरबार सम्म गएका थिए।सरकारले गुणस्तरहीन ती बस फिर्ता गर्न निर्देशन दिए पनि आपूर्तिकर्ता कम्पनी बीवाइडी साइमेक्सले टेरेको छैन।टेन्डर आह्वान गरी चीनबाट खरिद गरेको भनिएका बस भारतमा बनेको र गुणस्तरहीन पाइएपछि सरकारले गत मंसिरमै फिर्ता गर्न दिर्नेशन दिएको थियो