-सांकेतिक तस्विर

सामुदायिक विद्यालयमा पढेकोले मात्र उच्चशिक्षाको छात्रवृति पाउने 

Hollywood Khabar January 15,2020 Comments

३ माघ,काठमाडौं।अवदेखि कक्षा ६ देखि १० सम्म अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढेका विद्यार्थीहरुले मात्र उच्च शिक्षा अध्ययनका लागि छात्रवृति पाउने भएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले बिहीबार  नेपाल ऐन संशोधनसहित पारित गर्दै यस्तो व्यवस्था गरेको हो । समिति सभापति जयपुरी घर्तिले समावेशी छात्रवृतिका नाममा विभिन्न विकृतिहरु बढेकाले यस्तो अनिवार्य व्यवस्था गरिएको बताइन ।

सरकारी भन्यो प्राइभेट पढेकालाई कागज बनाएर छात्रवृति दिने विकृति रहेकाले यो व्यवस्था गरिएकोभन्दै  सभापति घर्तिले विश्वविद्यलयका पदाधिकारी ५१ प्रतिशत सदस्यहरुले हटाउन सक्ने व्यवस्था गरिएको बताइन्  । समितिमा छलफलका क्रममा दुईतिहाइले मात्रै हटाउन सक्ने प्रावधान राख्न सुझाव आएपनि विश्वविद्यालय र उच्च शिक्षाको छाता ऐन आउने क्रममा भएका कारण तत्काललाई ५१ प्रतिशतले नै हटाउन सक्ने प्रावधान राखिएको छ ।तेस्तै दलित, अपाङ्गता भएका व्यक्ति तथा आथिृक रुपमा विपन्नलाई हरेक तहमा एकपटक छात्रवृति दिने व्यवस्था गरिएको  छ । यसअघि १ पटक मात्रै दिने व्यवस्था थियो । तेसैगरी  समितिले उच्च शिक्षामा मातृभाषामा पढ्न पाउने व्यवस्था गरेपछि उच्च शिक्षामा मातृभाषामा अध्ययन गर्ने बाटो पनि खुला भएको छ ।