-युएई

युएईमा एक बर्षमा १०३ नेपालीको मृत्यु 

Hollywood Khabar January 18,2020 Comments

६ माघ, काठमाडौं। वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई)  पुगेका  १०३ जना नेपालीको सन् २०१९ मा मृत्यु भएको छ। युएईमा एक वर्षको अवधिमा १०३ ले ज्यान गुमाएको युएईस्थित नेपाली दूतावासले जनाएको छ । ज्यान गुमाउनेमा  ९९ जना पुरुष र ४ जना महिला छन् ।गत वर्ष दुर्घटनामा परेर मात्रै २३ नेपालीले ज्यान गुमाएका छन् ।१ महिलासहित ५७ जनाको प्राकृतिक कारणबाट मृत्यु भएको छ । यस्तै एक महिला र १७ जना पुरुषले आत्महत्या गरेको तथ्यांक छ।युएईमा सन् २०१८ मा ९ जना महिलासहित ९८ जना पुरुषले ज्यान गुमाएको युएईस्थित नेपाली दूतावासले जनाएको छ।

सन् २०१८ मा ३ महिला सहित ३० नेपालीले आत्महत्या गरेका थिए । यस्तै गतवर्ष २ जना महिला र ३ जना पुरुषको हत्या भएको दूतावासले जनाएको छ ।कार्यस्थलको तनावका ,तापक्रम, हृदयघात, मादकपदार्थ सेवन,पारिवारिक विचलन लगायत कारणले नेपालीको ज्यान गइरहेको  दूतावासले जनाएको छ ।युएईमा करिव २ लाख ५० हजार नेपाली कार्यरत छन् ।