यू–१८ स्कुल च्याम्पियनसीपमा नेपालद्वारा चीन पराजित अव अफगानिस्तानसँग प्रतिस्पर्धा 

Hollywood Khabar September 24,2018 Comments

१० असोज,काठमाडौँ।नेपालले भारतमा जारी ४६ औँ संस्करणको एशियन यू–१८ स्कुल च्याम्पियनसीपमा चीनलाई पराजित गरेको छ।भारतको आगरामा मंगलबार भएको खेलमा नेपालले चीनलाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो।यसअघि दुई खेल खेलेको नेपालले दुवै खेलमा हार बेहोरेको थियो।नेपाल थाइल्याण्डसँग २–० र इन्डोनेसियासँग २–१ गोलअन्तरले पराजित भएको थियो।नेपालको जितमा टीका गुरुङले दुई गोल र दिनेश हेन्जनले एक गोल गरेका थिए।

खेल सुरुवातीको सातौँ मिनेटमा टीकाले गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको पहिलो हाफको ३२ औँ मिनेटमा चीनका खेलाडीले एक गोल गर्दै एक एक गोलको बराबरीमा ल्याए ।त्यसैगरी खेलको ७० औं मिनेटमा नेपालका लागि दिनेशले एक गोल थपे भने उनले गोल गरेको चार मिनेट बित्न नपाउँदै टीकाले एक गोल थपेका थिए।अव नेपालले समूह चरणको अन्तिम खेल बुधबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।