-कोरोना संक्रमणको कारण द व्हाइटजोनले होली कार्यक्रम स्थगन गर्यो

कोरोना संक्रमणको कारण द व्हाइटजोनले होली धमाका २०२० स्थगन गर्यो

Hollywood Khabar March 03,2020 Comments

आदरणीय आमा बुबा तथा दाजु भाई दिदी बहिनीहरु, नमस्कार

सधैंका वर्षहरूमा झैं यसपाली पनि भव्य रुपमा होलि पर्व मनाउन आउँदो आइतबार, ८ मार्चका दिन यहाँहरुलाई निमन्त्रणा गरेका थियौं । लगभग हजार देखि पन्ध्र सय सम्मको उपस्थिति हुने अपेक्षा अनुरुप होलि धमका को लागि आवश्यक सम्पूर्ण तयारी पनि पूरा गरिसकेका थियौं । तर कोरोना भाइरसको संक्रमणको संवेदनशीलतालाई ध्यानमा राखेर यो वर्षको "होलि धमका" स्थगित गरिएको बारे यसै सुचना मार्फत सबैमा सविनय जानकारी गराउँदछौं । धेरै साथिहरुले उत्साहका साथ सहभागी हुन प्रवेश टिकट समेत किनिसक्नु भएको थियो, कार्यक्रम स्थगनले यहाँहरुमा पर्न गएको कुनै पनि असुविधाका लागि क्षमा प्रार्थी छौं ।

हाम्रो सँस्था The WhiteZone केवल मानव जातिको हितका लागि समर्पित सँस्था हो। यसैले विशेषगरी प्रत्यक्ष रूपमा मानव स्वास्थ्यसँग जोडिएको यस्ता गम्भीर विषयमा सँस्थाको स्वार्थलाई मात्रै हामीले ध्यान दिन चाहेनौं। एक जिम्मेवार सँस्थाको हैसियतले यो महामारीको रुप लिंदै गरेको कोरोना भाइरसको संक्रमण रोक्न हाम्रो तर्फबाट पनि सके सम्मको सहयोगी भुमिका निर्वाह गर्नु पर्छ भन्ने कुरालाई आत्मसात गर्दै कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको बारे फेरि पनि सबैमा निवेदन गर्न चाहन्छौं।

अन्तमा यो कोरोना भाइरसबाट जीवन गुमाएका सबै प्रति हार्दिक श्रद्धाञ्जली, संक्रमित सबैको शिघ्र स्वस्थ्य लाभको कामना गर्दै छिटो भन्दा छिटो पुर्ण नियन्त्रणमा आउने अपेक्षा सहित अर्को सालको "होलि धमका" मा भेट्ने वाचा गर्दछौं।

धन्यवाद

हरि प्रसाद ओझा (सभापति)

गंगादत्त पौड्याल (महा-सचिव)

तथा द ह्वाइट जोन क्यालिफोर्निया' परिवार