द ह्वाइट जोन को चौथो सम्मेलन सम्पन्न अध्यक्षमा विराज पौडेल

Hollywood Khabar November 23,2017 Comments

नोवेम्बर २३, २०१७/सान फ्रान्सिस्को/अमेरिका
नेपाली युवाहरुको अन्तराष्ट्रिय सञ्जाल' तथा सामाजिक संस्था 'द ह्वाइट जोन 'को चौथो सम्मेलनले विराज पौडेलको नेतृत्वमा नयाँ कार्य समिती चयन गर्दै भब्यरुपमा सम्पन्न  भएको छ।
नयाँ कार्यसमितीमा सुर्य शर्मा  उप सभापति, अमृत कुवर महासचिब, झरना श्रीश कोषाध्यक्ष र बोर्ड अफ डाइरेक्टरमा ग्याल्पो योञ्जन, सुयेश अशिकारी र सचिता उप्रेती  निर्वाचित हुनु भएकोछ। तेसै गरि द ह्वाइट जोनको बिधान अनुसार सम्पूर्ण च्याप्टर सभापतिहरु पनि नयाँ कार्य समितीमा पदेन सदस्य हुनेछन।
क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को शहरमा अरु संघ-संस्था र संचार कर्मीहरुको समेत उपस्थितमा सम्पन्न उक्त सम्मेलनले आगामी कार्यकालको लागि गर्ने कार्य योजना समेत प्रस्तुत गरेको छ।
नव निर्वाचित अध्यक्ष विराज पौडेल घोराही उपमहानगरपालिका दाङ रझेना-१८ मा जन्मिएका जन्मेर वाल्यकालदेखिनै समाजसेवामा इच्छा राख्दथे! प्रेरणाको श्रोत आफ्ना वावा-आमालाई दिन्छन! उनको एसएलसी सम्मको जीवन दाङमै बित्यो। आइएससी र आइटी इञ्जिनेरिङ्ग उनले काठमाण्डौबाट गरे र केहि वर्ष आइटी सेक्टर नेपालमै काम गरेपछि अमेरिकाको क्यालिफोर्नियाबाट आईटि विषयमै  स्नाकोत्तर सम्मको पढाइ सम्पन्न गरे।
उनी भन्छन “घरबाट टाढा हुदा नेपालको लागि केहि गर्न असाध्यै इच्छा थियो! यहाको बिकास देख्दा र यहाँका मानिसहरुको सहयोग गर्नुपर्छ भन्ने भावना नियाल्दा पांच/छ जना साथिहरु मिलेर दि व्हाइट जोनलाइ कसरी अगाडी बढाउन सकिञ्छ भनेर लागेका हौं। हाम्रो भिजन क्लिएर थियो, विभिन्न देशमा छरिएर रहेका नेपाली युवाहरुलाई एकजूट बनाउने र विशेषगरी नेपालमा वा अन्य मुलुकमा भैपरी आइपरेका समस्या र विपतको घडीमा मलम लगाउन सहयोग गर्ने।
हाम्रो जोड पारदर्सिता थियो। विहान-दिउसो कलेज/काम गर्नुपर्थ्यो तर हामि धेरै रात अबेर सम्म बसेर प्लान्निंग गर्थ्यौ। एकपटक एकजना नेपाली मुलुककै बहिनीलाई वाटो काट्न लाग्दा गाडीले ठक्कर दियो, उनीसंग त्यतिराम्रो इन्सुरेन्स पनि थिएन, हामीले संस्था मार्फत १-२ दिनमै केहि डोनेसन रकम संकलन गरि उनको उपचारको लागि हस्तान्तरण गरेका थियौ। त्यसरी नै हाम्रो यात्रा सुरु भयो र अहिले यहाँसम्म आइपुग्दा अति नै पारदर्शी र बिस्वासिलो ढंगबाट काम गरिराखेका छौं।
अहिले त नशा-नशामा दि व्हाइट जोन छ, नौ वर्ष पुरानो, आकार सानो तर उत्कृस्ट टिम छ। हामी जहिले पनि आफ्नै व्यक्तिगत खर्चमा ट्राभल गर्छौ, अर्गनाइजेसनको होइन र अन्य अनाबस्यक खर्चहरु गर्दै गर्दैनौ र जतिपनि रकम डोनर्सहरूवाट जम्मा हुन्छ लाइभ रिपोर्टिंग गर्छौं, जात र धर्मको वादबिवाद संस्थाभन्दा टाढा राख्छौ र अन्तरआत्मा देखि “मानवता” नै पहिलो धर्म/कर्तव्य हो भन्ने सोंच राख्छौ। त्यसैले पनि हामी अन्य अर्गनाइजेसनहरु भन्दा अलि फरक नै छौ।”
पेशाले पौडेल सिस्टम्स इन्जिनेर साथै आइटी इन्टरप्रेनेर हुन्। हाल अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्दछन। २०१० देखि "दि व्हाइट जोन" केन्द्र को आईटि डाइरेक्टर र  उपसभापति भएर काम गरिसकेका उनी अहिले संस्थाको गरिमामय केन्द्रिय अध्यक्ष पदमा बिजयी भएका छन।