-तस्बिर साभार वेब

कीर्तिमानी खेलाडी तुलसा साग त्यागेर जागिर खान कतार पुगिन्   

Hollywood Khabar November 28,2019 Comments

१४ मंसिर, काठमाडौं।दक्षिण एसियाली खेलकुद (साग)का प्रतिस्पर्धी खेलाडीको बन्द प्रशिक्षण चलिरहेकै बेला कीर्तिमानी खेलाडी तुलसा खत्री खेल छोडेर रोजगारीका लागि  कतार गएकी छन् ।अघिल्लो महिना चीनको उहानमा आयोजित सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा उनले महिला ४ सय मिटर दौडमा १० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी थिइन्। सुर्खेत घर भएकी तुलसाले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत दाङमा भएको ४ सय मिटर दौडमा पनि स्वर्णपदक जितेकी थिइन्।

१३ औं सागको तयारीमा रहेकी तुलसाले ४ सय मिटर दौड, ४ सय मिटर रिले र ४ सय मिटर हर्डल्समा प्रतिस्पर्धा गर्ने तय थियो।   तुलसाले विभागीय टोली त्रिभुवन आर्मी क्लबका तर्फबाट प्रतियोगिता खेल्दै आएकी थिइन्।उनले कतारका लागि बिहान ९ः३० बजे बोर्डिङ पास लिएको थाहा भएको  राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले बताए ।