-NRNA NCC USA: तुलसी चौलागाइ बोर्ड सदस्यका उम्मेदवार

NRNA NCC USA: च्याप्टर उपाध्यक्ष तुलसी चौलागाइ बोर्ड सदस्यका उम्मेदवार

Hollywood Khabar March 21,2019 Comments

कृष्ण के सी/अमेरिका/३/२१/१९
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा वर्तमान क्यालिफोर्निया राज्य च्याप्टरक उपाध्यक्ष तुलसी प्रसाद चौलागाईं बोर्ड सदस्यका लागि उम्मेदवार भएका छन्।

बारा जिल्लाको निजगढमा जन्मिएका चौंलागाईको पठन-पाठन भने ललितपुर जिल्लामा भएको हो। ललितपुरको महालक्ष्मीस्थानमा हुर्नेका चौलागाई २००७ देखि अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन्। शान्त र सरल स्वभावका चौलागाई नेपालमा पनि पारिवारिक ब्यबसायमा सफल थिए। उसो त चौंलागाई नेपाल र अमेरिका दुवै ठाउँमा थुप्रै संघसंस्थामा पनि संलग्न छन्।

चौलागाईं २०१४ देखि एनसीसी अमेरिकाको सदस्य बन्दै आएका हुन्। २०१५-२०१७ कार्यकालमा क्यालिफोर्निया च्याप्टर बोर्डमा इन्ट्री गरेका चौलागाई २०१७-२०१९ मा भने च्याप्टरका उपाध्यक्ष भएका थिए। यो पटक भने आफू केन्द्रिय स्तरमा सहभागी भएर काम गर्ने इच्छा र मनसायले गर्दा बोर्ड सदस्यमा उम्मेदवार भएको कुरा उनले हलिउडखबरसंगको कुराकानीमा बताए।