३२ जेठ काठमाण्डौं।कर्मचारी भर्नामा अनियमिततालगायतको विषयमा छानबिन गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बिहीबार त्रिभुवन विश्वविद्यालयमा छापा मारेको छ ।अख्तियार टोलीले त्रिवि सेवा आयोगका कर्मचारी भर्नासम्बन्धी कागजपत्र नियन्त्रणमा लिएको छ । अनुसन्धानका क्रममा थप कागजपत्र नियन्त्रणमा लिइएको आयोगका एक अधिकारीले बताए ।गत महिना सार्वजनिक भएको आयोगको कर्मचारी भर्नाको लिखित नतिजामा आयोगकै अधिकारी, विद्यार्थी नेता तथा कर्मचारीका आफन्त उत्तीर्ण भएको भन्दै उजुरी परेको थियो ।
मिलेमतोकै आधारमा नतिजा प्रकाशन गरिएको आशंका गरिएको छ । चलखेलका आधारमा कर्मचारी भर्ना गर्न लागेको उजुरी परेपछि अख्तियारले एक महिनादेखि छानबिन गर्दै आएको थियो । त्रिवि शिक्षा आयोगले लिएको लिखित परीक्षामै चलखेल गरेको अख्तियारको आशंका छ ।अख्तियारले उत्तरपुस्तिका नियन्त्रणमा लिई कागजपत्र अध्ययन गरेर आयोगका पदाधिकारीको बयानसमेत सुरु गरेको जनाएको छ ।
लोकसेवा आयोगको जस्तो डबल कोडिङ सिस्टम नहुँदा त्रिवि सेवा आयोगको कर्मचारी भर्नामा चलखेल हुँदै आएको आरोप लागेको छ । त्रिविभित्रका अन्य आर्थिक अनियतिताबारे समेत उजुरी परेको र छानबिन भइरहेको आयोग स्रोत बताउँछ ।
सिफारिस
एनआरएनएको ११ औं महाधिवेशन तथा बिश्व सम्मेलन, तयारी तिब्र, प्रतिनिधि आउ...
एनआरएनए हङकङको राष्ट्रिय महाधिवेशन सम्पन्न, पूर्ण रानाको नेतृत्वमा नया...
दक्षिण ललितपुर हुँदै मकवानपुर जोड्ने कान्ति लोकपथ ४५ दिन बन्द हुने
गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवस, राष्ट्रिय व्यापी हाफ म्याराथन स...