-NRNA NCC USA:तृष्णा काफ्ले शर्मा ICC सदस्य उम्मेद्धार

NRNA NCC USA:दर्जनौ संस्थामा काम गरेकी बोर्ड सदस्य तृष्णा काफ्ले शर्मा ICC सदस्य उम्मेद्धार

Hollywood Khabar April 23,2019 Comments

कृष्ण के सी/अमेरिका/४/२४/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद-NRNA NCC अमेरिकाको २०१९ को निर्वाचनमा वर्तमान एनसीसी बोर्ड सदस्य तृष्णा काफ्ले शर्मा ICC सदस्यका लागि उम्मेद्धार भएकी छन्।

तृष्णा शर्मा बुटबल, रुपन्देही निवासी हुन्। नेपालमा रहँदा ICD कार्यालय (ड्राईपोर्ट) भैरहवाको कार्यालय प्रमुख थिइन्। सन् १९९० देखि नै म नेपालमरहँदा सामाजिक कार्य र समाजसेवामा आफू भएको उनले बताइन। उनी नेपाली काँग्रेस पार्टीको महिला संघमा समेत रहेर काम गरेकी थिइन्।

एकता केन्द्र रुपन्देहीको संस्थापक अध्यक्ष, एबीसी नेपालको केन्द्रीय सदस्य, सिद्धार्थ महिला जेसिसको अध्यक्ष, साथी संस्था, नेपाल रेडक्रस सोसाइटी उपशाखाको अध्यक्ष, बाल कल्याण गृह, जिल्ला अदालत रुपन्देहीद्वारा मनोनीत मध्यस्थकर्ता तथा लागु औषध बेचबिखन रोकथाम र एचआइभी एड्स सम्बन्धी जनचेतनामूलक कार्यक्रम जस्ता थुप्रै क्षेत्रमा लामो समय काम गरेको अनुभव छ शर्माको।

सन् २००९ देखि अमेरिकाको म्यासाच्युसेट्स (वोस्टन) मा सपरिवार बस्दै आइरहेकी छन् शर्मा। वोस्टनका विभिन्न सामाजिक संघसंस्थामा पनि संलग्न रही आफूले सक्दो योगदान दिँदै आइरहेकी छु भन्छिन उनि।
उनले पहिलो पटक सन् २०१२ मा एनआरएनए एनसीसी अमेरिकाको सदस्यता लिएको बताइन। त्यसपछि २०१३/१४-२०१५ मा वोस्टन राज्य च्याप्टरको उपसभापतिका रुपमा रहेर काम गर्दै गरिन। २०१७ -२०१९ को कार्यकालमा भने शर्मा एनआरएन एनसीसी अमेरिकाको वोर्ड अफ डाइरेक्टर पदमा निर्वाचित भएकी हुन्।

उनले विगतकाे सामाजिक कार्यमा पुर्याएको योगदानलाई निरन्तरता दिन यो २०१९-२०२१ का लागि ICC सदस्य मा उम्मेदवारी भएको बताइन। संस्थाको उद्धेश्य र विधानले दिएको कार्यलाई आफ्नो क्षमता र दक्षताले भ्याएसम्म सही किसिमले उपयोग गर्नुका साथै एनसीसी र आईसीसीको बीचमा रही पुलको काम गर्ने वचनवद्धता समेत शर्माले व्यक्त गरिन।
आफू सदा-सर्वदा नेपाल र नेपालीको हितमा काम गर्ने भन्ने प्रण गर्दै आगामी निर्वाचनमा सबैको अमूल्य मतसहित साथ र समर्थनको अपेक्षा गरेकी छु, शर्माले हलिउडखबरसँग भनिन।