तस्बिर वेब

त्रिभुवन विमानस्थलमा उडान अवरुद्ध:अवतरण गर्न नसकेपछि विमानहरु फर्किए

Hollywood Khabar July 11,2019 Comments

२७ असार काठमाण्डौ।त्रिभुवन विमानस्थलमा उडान र अवतरण अवरुद्ध भएको छ।यति एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लिएपछि उडान र अवतरण अवरुद्ध भएको हो।विभिन्न ठाउँबाट आएका विमानहरु अवतरण गर्न नसकेपछि फर्किएका छन्।दुबईबाट आएको नेपाल एयरलाइन्स र दोहाबाट आएको कतार एयरवेज फर्किएका छन्।बैंककबाट आएको थाइ एयर र ढाकाबाट आएको विमान बंगलादेश एरलाइन्सको जहाज पनि फकिएको जनाइएको छ।

उडानको लागि समय लिएका जहाज पनि रोकिएका छन्।निरन्तर पानी परिरहेको कारण धावनमार्ग सञ्चालनमा अझै समय लाग्ने विमानस्थल कार्यालयले जनाएको छ।शुक्रबार बिहान नेपालगञ्जबाट आएको यति एयरको जहाज अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएको थियो । विमानमा ६६ यात्रु सवार थिए । विमानमा रहेका सबैलाई सकुशल बाहिर निकालिएको थियो ।