साङ्केतिक तस्बिर

संक्रमित संख्या ६०३ पुग्यो, संक्रमण मुक्त ८७

Hollywood Khabar May 23,2020 Comments

११ जेठ काठमाडौं।नेपालमा कोराना संक्रमितको संख्या ६ सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपराह्नसम्म सार्वजनिक गरेको विवरण अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ३ पुगेको छ।

अहिलेसम्म नेपालमा कोरोनाको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार ८७ जना कोरोना संक्रमित उपचारपश्चात निको भएर घर फर्किएका छन्। यस्तै ४२ जिल्लामा कोरोनाको संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।