ट्राफिक प्रहरीको भ्यानले ठक्कर दिंदा एक जनाको मृत्यु 

0
shares

by Soni Sharma | Updated: 14 Aug 2019

67 views
-सांकेतिक तस्विर

२९ साउन, काठमाडौं।काठमाडौंमा ट्राफिक प्रहरीको भ्यानले ठक्कर दिंदा एक जना पैदलयात्रुको मृत्यु भएको छ।महानगरीय ट्राफिक महाशाखाको आकस्मिक निरीक्षण टोली सवार  बा १ झ ७८६६ नम्बरको भ्यानले ठक्कर दिँदा ती व्यक्ति गम्भीर घाइते भएका थिए ।उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर पुर्‍याइए पनि बुधबार बिहान चिकित्सकले मृत घोषणा गरेको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले बताए ।मृतकको पहिचान खुलेको छैन।