-साङ्केतिक तस्बिर

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु  

Hollywood Khabar November 20,2019 Comments

५ मंसिर,खाँदबारी।संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।चिचिला गाउँपालिका– १ मा बिहीबार बिहान ग १ त ४१६४ नं को ट्याक्टर दुर्घटना हुँदा  चालक भोटखोला गाउँपालिका–५ का २२ वर्षीय  मनोज तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।सदरमुकाम खाँदबारीबाट सामान लिएर मकालुको नुम तर्फ गइरहेको ट्याक्टर कुवापानीमा अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खस्दा चालक तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोषकुमार राईले बताए ।