-टिपर

टिपरलाई टाइम कार्ड-छिटो पुगे कारवाही 

Hollywood Khabar February 16,2019 Comments

६ फागुन, विराटनगर।टिपर तिव्र गतिमा कुदाएर दुर्घटनाको जोखिम बढेको भन्दै टाइम कार्ड लागूहुने भएको  छ ।मोरङ प्रहरीले प्रदेश १ मा बिहान र बेलुका गरी जम्मा ४ घण्टा मुख्य राजमार्गमा टिपर कुदाउन प्रतिवन्ध रहेकै बेला मोरङ ट्राफिकले छुट्टै टाइम कार्ड लागू गर्ने तयारी गरेको हो ।प्रहरीले तयार पारेको कार्डमा पुग्नुपर्ने दूरीको न्यूनतम समय निर्धारण गरि कार्डमा तोकिएको समयभन्दा छिटो पुगे टिपरलाई कारवाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख शिवकुमार पोखरेलले जानकारी दिए ।

टिपर व्यवसायीले टिपका आधारमा ड्राइभरलाई भत्ता दिँदै आएपछि टिप लगाउने लोभमा ड्राइभरले तीव्र गतिमा सवारी कुदाउँदा दुर्घटना बढिरहेको प्रहरीले जनाएको छ ।गत साउनयता टिपरका कारण २० वटा सवारी दुर्घटना भएका छन् । जसमा १० जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका थिए । मोरङमा मात्र ८ वटा टिपर दुर्घटना भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।