-साङ्केतिक तस्बिर साभार वेब

टिपरको ठक्करबाट १ जनाको मृत्यु 

Hollywood Khabar January 23,2020 Comments

११ माघ,काठमाडौं ।पूर्वीनवलपरासीको गैंडाकोटमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ।ना १ क ८३३० नम्बरको टिपरको  ठक्करबाट बा ६७ प ७८८२ नम्बरको मोटरसाइकलमा सवार रूपन्देहीको बुटवल शीतलनगर बस्ने ३५ वर्षीय भुवन केसीको ज्यान गएको  हो ।टिपरको ठक्करबाट गम्भीर घाइते केसीलाई उपचारका लागि जिल्ला अस्पताल चितवन लगिएकोमा त्यहीँ   निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गैडाकोट–५ का २६ वर्षीय शशि कपुर केसी घाइते भएका छन् ।