-पत्रकार नन्दबहादुर गेलाङ

 टिपरको ठक्करबाट पत्रकारको मृत्यु 

Hollywood Khabar June 11,2019 Comments

२९,जेठ,काठमाडौं।टिपरको ठक्करबाट पत्रकार नन्दबहादुर गेलाङको मृत्यु भएको छ।मोटरसाइकलमा सवार उनलाई सुर्खेतको छिन्चुतर्फ आइरहेको बा५ख १६८३ नम्बरको टिपरले बुधबार दिउँसो भेरीगङ्गा नगरपालिका ८ लोदेमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।लेकवेशी नगरपालिका– ७ कल्याण निवासी गेलाङ रेन्द्रनगरबाट प्रकाशित सुर्खेत पहिचान दैनिकका प्रकाशक सम्पादक थिए ।