-सोनी शर्मा 

हिजो आजको तिम्रो प्रेम !

Hollywood Khabar February 12,2019 Comments

प्रतक्ष भेट्नै नपर्ने
सामाजिक संजालमा देखेकै भरमा  
मरिहत्ये गर्ने 
तिम्रा लागि जे पनि गर्छु भन्ने
तिमीलाई नपाए मर्छु भन्ने 
हिजो आजको तिम्रो  प्रेम !

औशिंमा लाएको प्रेम 
पुर्णिमा सम्म नटिक्ने 
न त्याग न समर्पण 
लभ यु भन्न पनि बेर छैन 
हेट यु भन्न पनि बेर छैन 
हिजो आजको तिम्रो  प्रेम !

तिम्रा लागि 
तारा झारिदिन्छु भन्न पनि भ्याउने 
३२ वटै दाह्रा झारिदिन्छु भन्न पनि भ्याउने 
मकै छर्दा लाएको मायाँ 
मकै भाँच्दा सम्म पनि नटिक्ने 
हिजो आजको तिम्रो  प्रेम !

पाए सक्कली 
नपाए नक्कली 
अरुको बगैचा उजाडेर 
कतिलाई बाड्छौ गुलाव ?
कतिसंग गर्छौ कात्तिके मायाँ ?
यस्तै गतिविधिमा रम्दै छ 
हिजो आजको तिम्रो  प्रेम !

फेक कसम खान छोड
मन मिल्नेसगै मन जोड  
महत्व बुझ प्रेमको

आफ्नै फूलबारीमा फुलाउ रोज 
बदलियोस् कात्तिके मन 
नमुना बनोस् तिम्रो आगामी प्रेम  
प्रेम दिवसको शुभकामना !