-तिमी पत्रकारहरुले किन तिमी लेख्छौ ? प्रधानमन्त्री ओली

तिमी पत्रकारहरुले किन तिमी लेख्छौ ? प्रधानमन्त्री ओली

Hollywood Khabar January 21,2021 Comments

नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुले लेखनमा तिमी भनेर लेखको प्रति कटाक्ष गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेर सर्वत्र फुट हुँदै गर्दा बनेको आफू निकटको प्रेस संगठन नेपालको एक भेलामा प्रधानमन्त्री ओलीले तिमी शब्द प्रयोग गरेर समाचार लेखेकोमा आपत्ति प्रकट गरेका हुन्। ओलीको जिकिर चाहिं अरुलाई जे सुकै लेखे पनि उनलाई भने तिमी लेख्नु आपत्ति भएको आशय व्यक्त गरेका थिए।

कुनै पनि कुराको संस्कार र संस्कृतिको आफैंमा विकास भएको पाटो हुन्छ। समाचारमा आउने ब्यक्ति अब्जेक्ट सरह हुने हुनाले तिमी शब्द प्रयोग गर्नु किमार्थ असहज भने छैन। समाचार लेखनमा अब्जेक्टलाइ तिमी भनि प्रयोग गर्दा सहजता, सरलता र समानता मात्र दिंदैन एकरुपता पनि दिन्छ।

उसै पनि हरेको कुरा केपी ओलीले सोचेकै हुनुपर्छ भन्ने पनि छैन। तिमी लेखेकोमा उनले प्रेस स्वतान्त्रतामा भाँजो हाल्ने कुरा पनि आउँदैन। उनको सबै बिषयमा एउटा न एउटा कमेण्ट गर्ने बानी छ। प्रधानमन्त्री जस्तो गरिमामय व्यक्तिले आफ्नो पद जाने लोभमा संसद नै बिघटन गर्नु चाहिं कम संवेदनशील कुरा होइन। आज सबैजसो नेपाली संचार मध्येमहरुले उनको तिमी बिरोधलाइ नै शिर्षक बनाएर उनैलाइ तिमी भनेर संबोधन गरेका छन्।