रचनाकार अभिमन्यू दिपक 

तिमी बिनाको म

Hollywood Khabar November 18,2019 Comments

म केहि नभनि हिडे
तिमी नि केहि नसोधी हिड्यौ
न तिमीले बुझ्यौ न मैले

तिम्रो नि कदम अघि सर्यो
र मेरो पनि
न तिमीले रोक्यौ न मैले

नदीका दुई किनार झै हुदाहुदै पनि
नदी तिमले नि तर्न सकिनौ र मैले पनि
तिमी नि हेरिरह्यौ
म पनि टोलाईरहे

न तिमले बोलायौ न मैले बोलाउन सकें
केवल हेराहेर मै रहयो
आँखा आँखा मै बस्यो तस्बिर बनेर
मुटुका हर ढुकढुकी मै सिमीत भो
हाम्रो सम्बन्ध 

हेराहेरको त्यो क्षण न म भुल्न सक्छु
सायद तिमी पनि भुलदिनौ हौली

जीवनका मोडहरुमा
त्यस्ता अविस्मरणीय पलहरु
फेरि आउला नआउला

वाचा नगरिहाल हतारिएर
वाचा वाचा जस्तो हुनुपर्छ
वाचा अविरल बग्ने ईन्द्रावती झै
निश्चल र निश्कल‌ङ्क हुनुपर्छ

त्यसैले खोला झै यो जीवनलाई 
निस्वार्थ र निरन्तर बगीरहन देउ

दुई ज्यान एक प्राण हामी
दुई मुटु एक ढुकढुकी भएपछि
कदम अलग अलग तर यात्रा एक 

गन्तब्य र लक्ष्य एकै भएसी जीवनको
न तिमी मलाई अलग राख्न सक्छौ न म तिमीलाई 
तिमी र म साथै हुनु र नहुनुले के फरक पार्छ र ?
केवल म विनाको तिमी हौली
र तिमी वीनाको म