https://www.youtube.com/embed/LM13407SVw0

तिलक बोहोराको आश रामजी र अनुजासंग

Hollywood Khabar June 30,2018 Comments

नेपाल बाहिर रहेर नेपाली मन र नेपाली पनका बास्तबिक कथालाई शब्दमा  उतार्न माहिर गीतकार तिलक बोहराको शब्द सिर्जना रहेको लोक गीत सार्वजनिक भएको छ।

मानिस जन्मे पछि मर्नुपर्छ यो अकाट्य नियम हो, मानिस जन्मे पछि नमर्ने बेला सम्म पैसा कमाउन, सुख सयलमा बस्न चाहन्छ, झगडा गरेर लुटेर वा चोरेर जसरी भए पनि तर मरे पछि धन बोकेर लान मिल्दैन थाहा हंदा हुंदै पनि मानिस यस्तै गर्छ । झगडा गर्नु भन्दा केही राम्रो काम गरेर मर्यो भने पछि सम्मलाई त्यो गुन कसैले भुल्दैनन् भन्ने आशय रहेको तिलक बोहराको मार्मिक गीत हो आश।

चर्चित गायक राम्जी खाँड र गायिका अनुजा पुडासैनिको सुमधुर आवाज रहेको उक्त गीतमा सुनिल बराईलीको लय रहेको छ भने सानै देखि लोक दोहोरी गीत र अभिनयमा निक्कै रूची राख्ने कमल एलेक्सले मोडल तथा निर्देशनमा यहि गीत बाट डेब्यु गरेका छन।

कमल एलेक्स,मिना सुनार, हरि शर्मा र साथीहरूको उत्कृष्ट अभिनय रहेको छ। दूःखको कुरा हरि शर्मा अहिले यो संसारमा हुनुहुन्न। तिलक बोहराको मार्मिक गीत आश को म्यूजिक भिडियोलाई कमल एलेक्सले सप्पादन गरेका हुन भने rhythm entertainment युट्यूब च्यानल मार्फत बजारमा ल्याईएको छ ।