-WeChat र TikTok अमेरिकाको कमर्श डिपार्टमेण्टले आइतबार देखि प्रतिबन्ध लगाउने

WeChat र TikTok अमेरिकाको कमर्श डिपार्टमेण्टले आइतबार देखि प्रतिबन्ध लगाउने

Hollywood Khabar September 17,2020 Comments

कृष्ण के सी/अमेरिका/९/१८/२०

पछिल्लो समय विश्व बजारमा चर्चित रहेको चिनियाँ एप WeChat र TikTok सामाजिक संजाल दुवैलाइ अमेरिकाले प्रतिबन्ध लगाउने भएको छ। चाइनामा WeChat ब्यबसायको प्रचार र प्रमोशन गर्न पनि प्रयोगमा छ।

अमेरिकाको ट्रम्प प्रशाशनले WeChat र TikTok दुवैलाई राष्ट्रिय सुरक्षा माथि चुनौती भन्दै कि अमेरिकालाई बेच्न कि प्रतिबन्ध लगाउने समय दिएको छ। अमेरिकामा पहिला नै मिलियनको संख्यामा WeChat र TikTok का प्रयोगकर्ता छन्। WeChat र TikTok मा आफ्ना सँस्कृति, प्रस्तुति, लिप्सिङ लगायत थुप्रै बिशेषता छन्।

पछिल्लो समय अमेरिकी कमर्श डिपार्टमेण्टले आगामी आइतबार सेप्टेम्बर २०, २०२० देखि प्रतिबन्ध लगाउने भएको छ। यसपूर्व राष्ट्रपति डनल्ड ट्रम्पले कार्यक्रारी आदेश दिएर सेप्टेम्बर १५ सम्मको समय सिमा तोकेका थिए। अमेरिकी प्रशाशनले चिनियाँ सरकारको ग्रिपमा एप छ, यो अमेरिकी राष्ट्रिय सुरक्षामा खतरा छ भन्ने छ। तर यसलाई चिनियाँ पक्षले भने खण्डन गरको छ। चाइनाका अनुसार फेसबुकका प्रमुखलाइ पनि अमेरिकी काँग्रेसले बलाएको छ। हरेक देशमा यस्तो हुन्छ अरु केहि होइन।

सिएनएनले दिएको समाचार अनुसार अमेरिकी कमर्श डिपार्टमेण्टले सेप्टेम्बर १८, २०२० मा एक जानकारी दिँदै आइतबार देखि दुवै एपका डाउनलोड, वितरण र ब्यबस्थापनमा प्रतिबन्ध लगाउने बताएको छ। दुवै एप एपल र गुगल स्टोरमा डाउनलोड गर्न रोक लगाइने छ। तर एपल र गुगलले भने सो संबन्धि कुनै प्रतिक्रिया दिएका छैनन। यसको अन्तिम निर्णयको समय भने नोवेम्बर १२, २०२० लाइ दिइएको छ।

कमर्श डिपार्टमेण्टले WeChat लाइ वितरण र होष्ट गर्नु चाहिँ गैर-कानुनी हो भनेको छ। अमेरिकीहरु जसले पहिला नै WeChat र TikTok डाउनलोड गरेका छन्, प्रयोग गरेका छन् उनीहरुको लागि नयाँ भर्शन र नयाँ अपडेट भने हुनेछैन। तर पनि उनीहरुले अहिले भएको भर्शन प्रयोग गर्न पाउनेछन। कतिपय ठाउँमा सुरक्षाका कारण यसको अपरेट नहुन पनि सक्छ। उनीहरुले नयाँ डाउनलोड गर्न पाउने छैनन्। आइतबार राति पहिलो प्रतिबन्ध TikTok माथि लगाइने छ।