-त्रिभुवन विमानस्थल अब २४ घण्टा संचालनमा ल्याइने: मन्त्री भट्टराइ

त्रिभुवन विमानस्थल अब २४ घण्टा संचालनमा ल्याइने:मन्त्री भट्टराइ

Hollywood Khabar December 29,2019 Comments

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन त्रिभुवन विमानस्थललाइ अब २४ घण्टा संचालनमा ल्याइने कुरा बताएका छन्।

नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भ्रमण वर्ष सफल पार्न सबैको सहयोग आवश्यक हुने कुरा समेत बताएका छन। भ्रमण वर्ष सफल पार्न मन्त्री भट्टराईले नेपालमा मात्र होइन विदेशमा पनि विभिन्न स्तरमा कुटनैतिक पहलहरु भएको बताएका छन्।