Hollywoodkhabar advertisement

द मास्क चलचित्रको प्रदर्शनी माघ ७ गते हुने

द मास्क चलचित्र
0
shares

सर्बज्ञ वाग्ले/क्यालिफोर्निया/अमेरिका

द मास्क सस्पेन्स थ्रिलर जनरामा नेपाली माटोमा निर्माण भएको नेपाली चलचित्रको इतिहासमा एक उच्च गौरव हो। अत्याधुनिक विकासले मानवीय मूल्य र मान्यतमा आएका यावत ह्रास र विकृतिहरूलाई यस चलचित्रको मुख्य केन्द्र बिन्दु बनाइएको छ।

यो चलचित्रभित्र कुनै पनि कथा बस्तु आजसम्म बन्दै आएका शास्त्रीय हिन्दी, नेपाली कथाबस्तु जो थिए र अहिले पनि चलिरहेका छन् त्यस्तो छैन। नवीन कथा बस्तु उठाएर नयाँ ढंगले यस चलचित्रमा प्रस्तुत गरिएको छ।

आमसम्म नेपालमा बनेका प्राय नेपाली चलचित्रले समाजलाई हत्या, आतंक र नकारात्मकताको पाठ मात्र सिकाए । अब नेपाली चलचित्रले समाजमा सकारात्मकताको पनि राम्रो सन्देश दिन सक्नु पर्छ भन्ने यस चलचित्रको उदेश्य हो भन्नु हुन्छ निर्देशक हेम प्रभास ।

यस चलचित्रमा कथाको शुरुवात र अन्त भिन्न ढंग अर्थात सस्पेन्स थ्रिलर जनरामा गरिएको छ । मानिस विकास र प्रविधिले कसरी यन्त्रवत बन्न बाध्य बन्यो र जसको आगामी निकास के हुन सक्छ ? फिल्मको मुख्य वैज्ञानिक र आध्यात्मिक दृष्टिकोण त्यो हो ।

समयको रफ्तार हाम्रो अगाडि कसरी चलिरहेको छ ? समय र प्रविधिले आगामी दिनमा मानिसलाई के कस्ता चुनौति दिन सक्छ ? आगामी पुस्ताको मनोविज्ञानमाथि प्रविधि कसरी हावि हुदै जान्छ भन्ने एउटा पृथक दृष्टिकोण प्रस्तुत गरिएको छ भने अर्कोतिर प्रविधि र ईश्वरीय शक्तिको फ्यूजन आगामी दिनमा कसरी हुन सक्ला भन्ने अर्को मानविय दर्शन पनि यसले फरक ढंगले प्रस्तुत गरेको छ ।

चलचित्रको कथा बस्तु यस्तै चुनौतिको बिच बाट अगाडि बढेर यन्त्रवत बनेको मानिसको मस्तिष्क आगामी शताब्दीमा कस्तो हुन्छ ? यन्त्रवत मान्छेमा विभिन्न किसिमका मनोवैज्ञानिक संवेगहरू कसरी उत्पन्न हुन्छन् र तिनैको सिधा प्रभाव समाजमाथि कसरी पर्छ भन्ने कुरालाई चलचित्रले अत्यन्त गहन ढंगले प्रस्तुत गरेको छ ।

कवि, आख्यानकार तथा समालोचक हेम प्रभासको स्क्रिप्ट लेखन र निर्देशन रहेको यस चलचित्र द माक्समा नाइँ नभन्नु ल - ५ बाट डेब्यु गरेका नायक अभिषेक नेपाल र कैफियतबाट डेब्यु गरेकी नायिका सजना थापाका साथै पारस गिरी तथा अर्पणा लिम्बु लगायत कलाकारहरूको बेजोड अभिनय रहेको छ ।

यस चलचित्रमा वरिष्ठ संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको छ भने सह निर्देशन युवराज दाहालको रहेको छ । त्यस्तै सिर्जना तबेबुंगको कला निर्देशन रहेको यस चलचित्रमा मेक अप आर्टिस्ट सरिता प्रजापति ,लाइट/रिफ्लेक्टर विजय बाबु चौधरी हुनुहुन्छ । सिनेमाटोग्राफर दिपक गिरीको रहेको छ । साउन्ड मिक्सिममा भोला पौडेल र सम्पादनमा अमृत चौलागाईंको शिल्प देखिन्छ । यस चलचित्र राइजिंग मलको क्युज सिनेमामा माघ ७ गते प्रदर्शन हुने छ ।

कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रमा विविध सांस्कृतिक पक्षहरूलाई विभिन्न कोण र मेटाफोर मार्फत् देखाइएको एक चेतना मुलक चलचित्र बन्न सफल भएको छ भन्नु हुन्छ निर्देशक हेम प्रभास। नेपाली कविता ,आख्यान र समालोचना विधामा एक उचाई बनाई सक्नुभएका हेमप्रभास नेपाली चलचित्र विधालाई पनि नितान्त पृथक र समाजको सोच नै बदल्न सक्ने ढंड्गले अगाडि बढ्ने थुप्रै अवसरहरू छन् र ती अवसरहरूलाई हामीले सहि ढंगले प्रयोग गर्न सक्यौँ भने नेपाली चलचित्रलाई कसैको बैशाखी नटेकी हाम्रै मौलिकपनले अगाडि बढाउन सकिने विचार ब्याक्त गर्नु हुन्छ ।

अमेरिकामा बस्नु हुने कवि, समालोचक तथा गीतकार बिकास थापा प्रडुसर रहनु भएको यस चलचित्रले नेपालको चलचित्रको क्षेत्रमा नयाँ आयम, नवीनतम प्रयोग र समाजलाई सकारात्मक सन्देश दिन सफल हुने दृष्टिकोण राखेर नै यो चलचित्र निर्माण गरिएको हो भन्नु हुन्छ उहाँ। देश, समाज र सिड्गो चलचित्र क्षेत्रलाई नै सकरात्मक सन्देश दिने उदेश्यले नै आफु यस क्षेत्रमा आएको बताउनु हुन्छ ।

From our sponsors

पुरा डोज भ्याक्शिन लगाएकाहरुले निश्चित क्षेत्र बाहेक मास्क खुल्ला गर्न सक्छन, सिडिसी गाइडलाइन

11 Hours ago

पहिलो पटक अमेरिकाको CDC ले दिएको नयाँ गाइडलाइन अनुसार पुरा डोज भ्याक्शिन लगाएका अमेरिकी वासिन्दाहरुले निश्चित क्षेत्र बाहेक मास्क खुल्ला गर्न सक्छन।

ADVERTISEMENT-----