थारु माघी महोत्सव टुँडिखेलमा थारु पोशाकको बृहत प्रदर्शन

Hollywood Khabar January 16,2017 Comments

थारु बिद्यार्थी समाज लगायत २९ वटा संघसंस्थाले आयोजना गरेको थारु राष्ट्रिय माघीमहोत्सव-२०७३ टुँडिखेलमा विभिन्न सांस्कृतिक प्रदर्शन संगै निकै पृथक ढंगले थारु पोशाकको प्रदर्शन गरिएको थियोे। चम्पन सांस्कृतिक समुहको प्रस्तुति रहेको सोमा फेसन डिजाइनर सुशीला चौधरीले विभिन्न जिल्लाका पौराणिक तथा लोपोन्मुख थारु पोशाकहरु संकलन गरेकी थिइन। दोष हरण चौधरी र अन्जु चौधरीले कोरियोग्राफ गरेको र्याम्पमा २२ जना मोडलहरु प्रस्तुत भएका थिए।