प्रधानसेनापति महारथी थापा

प्रधानसेनापति महारथी थापाद्धारा निरीक्षण भ्रमण

Hollywood Khabar December 12,2018 Comments

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले २०७५ मंसिर २७ गते पोखरास्थित पश्चिम पृतना हेड क्वाटर खैरनीटारस्थित नं. ३ बाहिनी अड्डा र सैनामैनास्थित नं.२ तालिम गणको निरीक्षण भ्रमण गर्नु भएको छ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री थापाले उक्त पृतना तथा तालिम गणहरुको स्थलगत बस्तुस्थिति, सैन्य आधार तालिमको गतिविधि, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो ।

प्रधानसेनापति थापा सोहि दिन पोखरास्थित पश्चिम पृतना हेड क्वाटरमा रही २०७५ मंसिर २८ गते अन्य युनिटहरुको निरीक्षण पश्चात काठमाण्डौं फिर्ता हुनु हुने कार्यक्रम रहेको कुरा सेनाको प्रेस बिज्ञप्तिमा उल्लेख छ।