-Sanjaya Thapa, Board Member NRNA NCC USA

NRNA:एनसीसी अमेरिकाको मतदाता लिष्टबारे बोर्ड सदस्य, अध्यक्षका आकांक्षी थापाको असन्तुष्टि

Hollywood Khabar April 07,2019 Comments

आदरणीय अमेरिकावासी दाजु भाइ दिदि वहिनीहरु हार्दिक अभिवादन;

हामी सबैको साझा र प्यारो संस्था एनआरएन एनसिसी अमेरिकाको निर्वाचनको निकट आइपुगेका छौं। यस संस्थालाइ सबैको प्रिय मात्रै नभएर यसलाइ सबैको निम्ति विश्वासयोग्य बनाउने अभियानले क्रमश एउटा गति लिएर गएको छ।

हामी सबैको पहल, प्रयत्न र खवरदारीमा भएको यो उपलव्धि वास्तवमै गौरवयोग्य छ। यद्धपि हामीले गर्नु पर्ने थुप्रै काम अझै बाँकी नै छन। विगतमा झैं आउने दिनमा पनि सबै मिलेर एनआरएनलाइ भरोसायोग्य बनाउन थुप्रै गर्नुपर्ने छ। त्यसो गर्दै गर्दा हरेक कदम बढो सावधानीपुर्वक चाल्नु पर्ने छ।

यसो भन्दै गर्दा निर्वाचन कमिटिले सार्वाजनिक गरेको मतदाता नामावलीले हाम्रो साझा अभियान र सपनाको मर्म नबुझेको पो हो कि जस्तो लागेको छ। सदस्यहरुलाइ सुचिकृत गर्दा वर्णानुक्रम अनुसार, ठेगाना अनुसार लयवद्ध नगरिएकोले निर्वाचन विश्वसनीय हुँदैन कि भन्ने आशंका गर्नेहरुलाइ शंका गर्ने आधार मात्रै दिएको छ।

तसर्थ, म निर्वाचन कमिटिलाइ निम्न अनुसारको प्रक्रिया अपनाउदै मतदाता नामवली पुन प्रकाशन गर्न अनुरोध गर्दछु :
१. NRNA NCC USA को निर्वाचनको भोटर लिष्ट प्रकाशित भएछ तर अचम्म यत्रो ९१७२ मा आफ्नो नाम काहॉ खोज्ने
१. मतदाताहरुको सुची राज्य अनुसार गरियोस
२. मतदाताहरुको सुची वर्णानुक्रम ( अल्फावेट) अनुसार गरियोस
३. मतदाताले आफ्नो नाम खोज्दा सजिलै पाउने व्यवस्था गरियोस

सँस्थाको विश्वसनीयता, निर्वाचन कमिटिको निस्पक्षता समेतलाइ ध्यानमा राखेर अगाडी सारिएको उल्लेखित मागहरुलाइ तत्काल सुनुवाई गरिने अपेक्षा सहित गम्भीरताको निम्ती आग्रह गर्दछु।

संजय थापा

बोर्ड सदस्य तथा अध्यक्षका लागि आकांक्षी

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका