-प्रधानसेनापति थापाद्वारा बाहिनी अड्डाहरुको निरीक्षण

प्रधानसेनापति थापाद्वारा दाङ र भरतपुरका बाहिनी अड्डाहरुको निरीक्षण भ्रमण सम्पन्न

Hollywood Khabar December 19,2018 Comments

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले २०७५ पौष ०५ गते दाङस्थित नं. १९ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नु भई काठमाण्डौँ फिर्ता हुनु भएको छ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त बाहिनी अड्डाको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो ।

साथै, निरीक्षण भ्रमणको सिलसिलामा उहाँ मिति २०७५ पौष ०२ गते भरतपुरस्थित काली बहादुर गणतर्फ प्रस्थान गर्नुभई मध्य पश्चिम पृतना हेड क्वाटर, नं. २२ बाहिनी अड्डा, नेपाली सैनिक व्याटल स्कुल र नं.४ बाहिनी अड्डाको समेत निरीक्षण भ्रमण गर्नु भएको कुरा नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले आफ्नो प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ।