साङ्केतिक तस्बिर:साभार वेब

थप ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या ६७५ पुग्यो

Hollywood Khabar May 24,2020 Comments

१२ जेठ,काठमाडौं।नेपालमा थप ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठा दाङ, किटजन्य रोग अनुसान्धन तथा तालिम केन्द्र हेटौंडा, भेरी अस्पताल नेपालगन्ज र प्रदेशिक अस्पताल सुर्खेतमा गरिको परीक्षणमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

नयाँ संक्रमितहरु धनुषा, कपिलवस्तु, काठमाडौँ, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखका रहेका छन्।स्वास्थ्य मन्त्रलयाका अनुसार कपिलवस्तु शिवराज नगरपालिकामा १९, २० र २३ वर्षीय पुरूषहरू छन् । यता काठमाडौंको टोखा नगरपालिका वडा नं ३ र ६ तथा बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा २७, ४१ र ३७ वर्षीय पुरूषहरू संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ।
बाराको गढीमाई नगरपालिकामा २१ जना र कलैया नगरपालिका कोटवाली-१ मा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कलैयामा २५ र ३५ वर्षीय पुरूषहरू रहेका छन् । त्यस्तै गढीमाई १८, १८, १८, १९, २०, २०, २०, २४, २४, २५, २५, २५, २५, २६, ३०, ३१, ३६, ३६, ४० र ५० वर्षीय पुरूषहरूमा कोरोना संक्रमण भएको छ ।रौतहटमा मात्रै थप २६ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रलयले जनाएको छ । मन्त्रलयका अनुसार रौतहट राजपुर फरहदवाका र इशानथमा १८, १९, २२, २७, ३०, ३१, ३३, ३५, ३५, ३५, ३६, ३६, २६, २८, ४०,४०, ४०, ४२, ४३, ४८, ४८, ४८, ४९, ५०, ५१ र ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सप्तरीको डाक्नेश्वरी गाउँपालिकामा २ जना २२ र ३४ वर्षीय पुरूष र धनुषाको नगराइन नगरपालिका-३ मा तीन जनामा संक्रमण पुष्टि भएको छ ।उता, सप्तरीका २२ र ३४ वर्षीय पुरूष, बर्दियाको बाँसगाढी- ९ का २५ वर्षीय, बाँके दुवधा गाउँपालिका- २ का र सोनारी गाउँपालिका- ७ का १६, २३, २३ र २४ वर्षीय पुरूषहरूमा पनि कोरोना पुष्टि भएको छ ।दैलेखको नारायण नगरपालिका र ढुंगेधारा गाउँपालिकाका १५, १८, २७, २९ वर्षीय पुरूषहरूमा र २५ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । त्यस्तै दैलेखको गुराँस गाउँपालिकाका २४, २५ वर्षीय पुरूषहरूमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।