-NRNA:कोभिड १९ सहयोगको लागि एनआरएनए एनसीसी कोरियालाई अध्यक्ष पन्तद्वारा धन्यवाद ज्ञापन

NRNA:कोभिड १९ सहयोगको लागि एनआरएनए एनसीसी कोरियालाई अध्यक्ष पन्तद्वारा धन्यवाद ज्ञापन

Hollywood Khabar April 13,2020 Comments

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संघको दक्षीण कोरिया राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) कोरियालाई कोभिड १९ महामारीमा नेपाललाइ सहयोग गरकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ।

अध्यक्ष पन्तले अप्रिल १४, २०२० मा एक पत्र मार्फत एनआरएनए एनसीसी कोरियाले कोरोना भाइरसको महामारी बिरुद्धको अभियानमा गैरआवासीय नेपाली संघसंघ सहकार्यमा ठूलो योगदान गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको हो। एनआरएनए एनसीसी कोरियाले कोरियामा रहेका नेपालीहरुको सहयोगमा संकलित रकमबाट खरिद गरेर पठाएको करिब ६० लाख नेपाली रुपैयाँ बराबरको सुरक्षा सामाग्रीहरु नेपाल सरकारलाइ हस्तान्तरण समेत गरिएको छ।

उहाँले, एनआरएनए एनसीसी कोरियाले नेपालमा आपत विपद परेको बेलामा विगतमा पनि धेरै सहयोग गरेको इतिहास छ। यस संक्रमणको बेलामा कोभिड १९ बिरुद्धको लड्ने अभियानमा सहयोग उक्त उपकरणहरुको सहयोगको लागि व्यक्तिगत र संस्थाको तर्फबाट हार्दिक कृतज्ञता समेत ज्ञापन गर्नुभएको छ।

साथै सो सहयोगले नेपालीहरुको लागि ठूलो सहयोग हुने अपेक्षा पनि अध्यक्ष पन्तले गर्नु भएको छ। सो कार्यका लागि एनआरएनए एनसीसी कोरिया, नेपाली राजदूताबास र नेपाली समुदायलाई हार्दिक आभार प्रकट प्रकट गर्नुभएको छ।

कृष्ण के सी

उपसंयोजक

सूचना तथा संचार

गैरआवासीय नेपाली संघ

अप्रिल १४, २०२०