-थ्याङ्क्सगिभिङमा कोभिड १९ लाइ मध्य नजर गर्दै CDC को गाइडलाइन

थ्याङ्क्सगिभिङमा कोभिड १९ लाइ मध्य नजर गर्दै CDC को गाइडलाइन

Hollywood Khabar November 19,2020 Comments

कृष्ण के सी, अमेरिका/११/२०/२०

आगामी हाप्त पर्ने थ्याङ्क्सगिभिङमा कोभिड १९ को संक्रमणलाइ मध्य नजर गर्दै Centers for Disease Control and Prevention (CDC) ले यात्रा कम गर्दै सावधानी अपनाउन सुझाव गरेको छ।

सिडिसिले भरसक यो पटकको थ्याङ्क्सगिभिङमा कोरोनाको संक्रमणले गर्दा ट्राभल नगर्न, कम गर्न र गर्ने पर्ने भए सावधानी अपनाउन भनेको छ। यसका लागि केहि गाइडलाइन पनि बनाएको छ। सिडिसिका अनुसार १ मिलियन भन्दा धेरै केश त पछिल्लो ७ दिनमा नै भएका छन्। यो बढ्दो रुपमा छ।

थ्याङ्क्सगिभिङको जमघट र यात्राले यो संख्या बढाउने छ र नियन्त्रण गर्न झन् कठिन पर्ने हुन्छ। एका परिवार भन्दा अन्यत्रबाट आउने आफन्तले रोग सार्न सक्छन अनि तपाइको परिवारमा रोग भित्रन सक्छ। कोभिड १९ बाट बच्न घर भन्दा सुरक्षित ठाउँ अन्त कतै छैन। त्यसैले यो पटक यात्रा नगरौँ, कम गरौँ अथवा गर्ने परे पनि सावधानी अपनाऔं। भरसक यात्रा नगर्न, भेटघाट नगर्न तर भर्चुअल कुराकानी गर्न या अन्य उपायले थ्याङ्क्सगिभिङ मनाउन सुझाव गरिएको छ।

होईन तपाइँलाइ ट्राभल गर्नु नै छ भने:

  • सामाजिक दुरी कायम गर्ने
  • मास्क र स्यानिटाइजर हुनुपर्ने
  • जाने ठाउँमा ट्राभल रेश्ट्रिक्शन छ कि छैन हेर्ने
  • फ्लु शट लगाएको छैन भने लगाउने
  • हात धुने
  • स्यानिटाइजरको प्रयोग गर्ने
  • आँखा, अनुहार, मुख, नाकमा नछुने
  • मास्क लगायतका सप्लाइज आवश्यक संख्यामा बोक्ने

थ्याङ्क्सगिभिङमा सुरक्षाको लागि:

  • मास्क लगाउनुहोस
  • क्वालिटीको मास्क कम्तिमा पनि दुइ लेयरको मास्क लगाउनु होस्।
  • मास्कले नाँक र मुख दुवै कभर गर्ने र गरि लगाउनुहोस
  • अरु भन्दा ६ फिट टाढा बस्नुहोस
  • यात्रामा अरुले पनि कोभिड १९ या फ्लु फैलाउन सक्छन, त्यसबाट बच्न मास्क उपयुक्त छ।
  • साबुन पानीले हात धुने
  • ट्राभल साइजको कम्तिमा ६०% अल्कोहल भएको स्यानिटाइजर साथमा बोक्ने र प्रयोग गर्ने

ग्रुप र ठुलो परिवारले थ्याङ्क्सगिभिङ बनाउँदा

  • आपसमा टाढा बस्ने
  • भरसक आफ्नै खाना लिएर आउन
  • प्लेट, चम्चा, काँटा, कप लगायतका सामान पनि आफ्नै लिएर आउने
  • मास्क लगाउने
  • खाने बेला आपसी दुरी कायम गर्ने
  • खाने-पिउने बेला मास्क एकदम सुरक्षित ठाउँमा राख्ने
  • खान बनाउने ठाउँ र खाने ठाउँ पनि सफा र सुरक्षित राख्ने
  • सलाद, ड्रेसिङ्ग, नुन, पेपर लगायतका कुरा सिंगल साइजको प्रयोग गर्ने, आपसमा शेयर नगर्ने
  • मिले सम्म आउटडोर खाने र भेटघाट गर्ने
  • मानिसको संख्या एकदम कम गर्ने
  • छोइने ठाउँ, समानहरु वारंवार डिसिन्फ़ेक्टेण्ट कुराले सफा गर्ने
  • भेताघटको समय घर भित्र हो भने झ्याल र सुरक्षित भए र मिले सम्म ढोका पनि खुला राख्ने
  • भान्सा र डाइनिङमा कम मान्छे बस्ने
  • अन्य साबधानी अपनाउने