- थलीबासीले सडकमाआगोबाले

 'पूर्वप्रधानमन्त्रीको क्षेत्र जताततै अलपत्र' भन्दै थलिबासिले सडकमा आगोबाले  

Hollywood Khabar June 10,2019 Comments

२८ जेठ,काठमाडौं।सडक विस्तारका लागि भत्काइएको सडक अलपत्र भएपछी थलीबासीले  'पूर्वप्रधानमन्त्रीको क्षेत्र जताततै अलपत्र' भन्दै सडकमा आगो बालेका छन्।पूर्वप्रधानमन्त्री माधव नेपालको प्रभाव क्षेत्र मानिएको उक्त क्षेत्रको सडक विस्तारका नाममा भत्काएर लामो समयदेखि अलपत्र पारेको भन्दै थलीबासीले मंगलबार ७ बजेदेखि ९:३० बजेसम्म सडकमा टायर बालेर अवरुद्ध गरेका हुन्।प्रदर्शनकारीले 'पूर्वप्रधानमन्त्रीको क्षेत्र जताततै अलपत्र' लेखेको प्लेकार्ड समेत बोकेर सडकमा उत्रिएर नारा जुलुस गरेका थिए।प्रदर्शनका कारण चाबहिल, बौद्ध, जोरपाटीहुँदै साँखु ,आलापोट,गागलफेदी चल्ने सम्पूर्ण सवारीसाधन ठप्प भएक थिए।