-NRNA NCC USA उपाध्यक्ष उम्मेद्वार थलराज पन्त

NRNA अमेरिका चुनाव:उपाध्यक्ष उम्मेद्वार थलराज पन्तले सुर्य लम्साललाइ अध्यक्षमा समर्थन गरे

Hollywood Khabar April 26,2019 Comments

कृष्ण के सी/अमेरिका/४/२७/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा त्रिभुवन विश्वविद्यालयका पुर्व शिक्षक इन्जिनियर थलराज पन्त उपाध्यक्षका लागि उम्मेदवार हुन।

पन्तले अध्यक्षका तीनजना मध्ये सुर्य लम्साल नै सबैभन्दा उपयुक्त उम्मेद्वार भएकोले उनैलाई समर्थन गर्दै आफू उपाध्यक्षको लागि उम्मेद्वार भएको कुरा हलिउडखबरलाइ बताए। लम्सालजीको योजना र शैलीले सबैलाई समेट्ने बुझेको छु। उनमा राजनैतिक दाउपेच, तुष र पछाडी बसेर खेल्ने बिचौलीयाहरु छैनन्। यौटा बौद्धिक व्यक्तिले हेर्ने पनि त्यो नै हो। यसर्थ मैले सुर्य लम्साललाइ समर्थन गरेको हो, पन्तले भने।

तनहुँ जिल्लामा पुर्ख्यौली घर भएका पन्तको बालापन परिवाससंग चितवनको माडीमा बित्यो। अनि आफ्नो प्रारम्भिक शिक्षा पनि चितवन जिल्लाको विकट मानिने माडीमा भएको बताउँछन् पन्त। पछि इञ्जिनियरिङ्को अध्ययन पछि सोहि बिषयमा काम र पढाउने काम समेत गरे।

पन्तले नेपाल ओरिण्ड म्याग्नेसाईट खरीढुंगा खानीक्षेत्र, सिंधुपाल्चोक र दोलखा जिल्लाको सिमाना, दुर्गम इलाकामा, यसैगरी संयुक्त राष्ट्रसंघ अन्तरगतको ललितपुर स्थित एफएओमा टेक्निकल कन्सल्टेण्टको रुपमा करिब तीन बर्ष सेवा गरेका थिए।

करीब नौ बर्ष पोखरामा त्रिभुवन विश्वविद्यालय पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस, लामाचौरमा इञ्जिनियरिङ पढाउने काम पनि गरे। नेपाली काँगेसको राजनीतिको नजिक रहेका पन्तले नेपाल प्राध्यापक संघको पश्चिमाञ्चलमा रहेर १० बर्ष जति सामाजिक राजनीति पनि गरे।

२००४ मा अमेरिकाको टेक्सस पुगेका पन्तले आफ्नै इञ्जिनियरिङ्ग कन्स्ट्रक्सन कम्पनी संचालन गर्दै आएको बताउँछन। उसो त उनि एक रिटेल ब्यबसायी पनि हुन्। उनले लिकर, ग्यास र अन्य ब्यवसायहरुमा समेत लगानी गरेको कुरा हलिउडखबरसंग बताए।

यस बाहेक बिभिन्न संघ संस्थाहरुमा समेत संलग्न छन् पन्त। २०१४ मा एनआरएनए एनसीसी अमेरिकाको सदस्य बनेपछि हाल लाइफ टाइम मेम्बर भएका छन्। डालस नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र, डालस नेपाली मन्दिर (NCSC), नेपाली ब्यापारीहरुको नेप्लिज अमेरिकन चेम्बर अफ कमर्स, नेपाली समाज टेक्सास (NST), डालस एभरेस्ट लायन्स क्लब, ब्लड डोनर्स अफ अमेरिका (BDA), युनाईटेड नेप्लिज एसोसियसन (UNA) लगायात संस्थाहरुमा समेत सकृय छन् पन्त। यस्तै खेलकूद लगायतका कुरामा संलग्न पन्तले नेपालका थुप्रै प्रोजेक्टहरुमा समेत योगदान दिने र सहभागी भएको बताउँछन्।

यति सबै हो ता पनि एकै पटक किन एनआरएनए एनसीसी अमेरिका उपाध्यक्षका लागि आकांक्षी भएको भन्ने जिज्ञासामा पन्तले लामो जिकिर गरे। आफूले बौद्धिक, सामाजिक, ब्यबसायिक, राजनैतिक, धार्मिक, सेवा, खेलकुद र समाजका सबैजसो कुराहरुमा काम गरिसकेकोले अब यो पटक सम्पूर्ण नेपालीहरुका लागि काम गर्न उपाध्यक्षमा आकांक्षी भएको कुरा हलिउडखबरसंग बताए।

यति मात्र होइन एनआरएनए जस्तो पवित्र र मर्यादित संस्थाको प्लेटफर्म प्रयोग गरेर आफू र अरुले जानेको ज्ञान र सीपलाई संगठित भएर अरु बढी सेवा आदान प्रदान गर्न सकिन्छ भन्ने पन्तको विश्वास छ। त्यसैले नै आफू एनआरएनए एनसीसी अमेरिकाको उपाध्यक्षको लागि उम्मेदवार भएको कुरा हलिउडखबरसंग पन्तले बताए।