-टेस्ला सिइओ एलन मस्कले आलामेडा काउण्टीलाइ ल सुट गर्ने धम्की दिए, मुख्यालय पनि अन्तै सार्ने

टेस्ला सिइओ एलन मस्कले आलामेडा काउण्टीलाइ ल सुट गर्ने धम्की दिए, मुख्यालय पनि अन्तै सार्ने

Hollywood Khabar May 08,2020 Comments

हलिउडखबर/सान फ्रान्सिस्को/५/९/२०

टेस्ला मोटर छोटो समयमा अत्यन्तै चर्चित अमेरिकी मोटर कम्पनि हो। क्यालिफोर्नियाको फ्रिमण्ट शहरमा रहेको मोटर फेक्ट्री रहेको टेस्ला (Tesla) मोटरका CEO Elon Musk ले आलामेडा काउण्टीका बिरुद्ध ल सुट गर्ने धम्की दिएका छन्। यसका साथै उनले आफ्नो मुख्याल पनि अन्तै सार्ने कुरा समेत बाएका छन्।

एलन मस्कले मे ९, २०२० शनिबार आफ्नो ट्विटरमा आफ्नो कम्पनिले आलामेडा काउण्टीका बिरुद्ध ल सुट गर्ने उद्घोष गरेका छन्। काउण्टीले पब्लिक हेल्थको कुरालाई लिएर आफ्नो कम्पनि लगायत थुप्रै व्यवसाय र उद्योग धन्दालाई बन्द गरेका कारण यसो गर्नु परेको बताएका छन्। कोभिड १९ का कारण बन्द गरिएको फेसिलिटी स्टेट गभर्नरको दोश्रो चरणको ब्रिफिङ अनुसार छिट्टै खुल्ने कुरा पनि मास्केले बताएका छन्।