प्रेम प्रस्ताव नमान्दा तेजाब प्रहारबाट गम्भीर घाइते भएकी सम्झनाको मृत्यु 

Hollywood Khabar September 22,2018 Comments

८ असोज,काठमाडौं।प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै तेजाब प्रहारबाट गम्भीर घाइते भएकि रौतहटकी सम्झना दासको मृत्यु भएको छ।कीर्तिपुर अस्पतालको आइसीयूमा उपचार गर्दागर्दै सम्झनाको आइतबार राति ११ बजेर ४० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ।तेजाब प्रहारबाट ३५ प्रतिशत शरीर जलेको सम्झनाको स्वासप्रस्वास प्रणालीले काम गर्न छोडेपछि निधन भएको अस्पतालका प्रवक्ता डा सुरेन्द्रजंग बस्नेतले जानकारी दिएका छन्।

भदौ २६ गते मंगलबार मध्यराति करिब ५० वर्षीय स्थानीय रामबाबु पासवानले प्रेम प्रस्ताव अस्वीकार गरेको घरमा सुतिरहेको अवस्थामा १८ वर्षीया सम्झना र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि एसिड आक्रमण भएको थियो। बैनी सुस्मिताको अवस्था सामान्य हुँदै गएको छ।रौतहट चन्द्रपुर ६ का दास दिदीबहिनी स्थानीय जनज्योति माविमा ७ कक्षा र ६ कक्षामा अध्ययनरत थिए।