-निवासमा टिका

शितल निवासमा भन्दा निर्मल निवासमा टिका थाप्नेको भिड धेरै

Hollywood Khabar October 18,2018 Comments

सन्तोष प्रणामी
नेपालीहरुको महान पर्व बडादशैँ अन्तर्गत विजय दशमीको दिन शुक्रबार आफन्त तथा मान्यजनबाट टिका आशीर्वाद लिने क्रम चल्यो। पहिला जस्तै सरकारी उच्चपदस्त व्यक्तित्वहरुबाट पनि थुप्रै व्यक्तिहरुले टिका आशीर्वाद ग्रहण गरेका छन् ।

यसैबीच पूर्वराजा ज्ञानेन्द्र बिर बिक्रम शाह तथा पूर्व रानी कोमलले शाहले निर्मल निवासमा सयौंको संख्यामा उपस्थित सर्वसाधारणलाई टिका लगाईदिएका छन्। नेपालमा राजसंस्थाको अन्त्य भई गणतन्त्र स्थापना भएको एक दशक नाघिसक्दा पनि राजसंस्था र पूर्वराजा ज्ञानेन्द्रका शुभेच्छुककरुको भीड निर्मल निवासमा देखियो ।

पूर्वराजाबाट टिका र आशीर्वाद थाप्न आउने सर्वसाधारण र शुभेच्छुकहरुको लाईन देख्दा अझै पनि राजसंस्थाको पक्षमा दरिलो जनमत भएको भान भएको छ। त्यहाँ उपस्थित अधिकांशले देश संक्रमणकालबाट गुज्रिएको, शान्ति, सम्वृद्धि र राजनीतिक स्थायित्व नभएको तथा जुन व्यवस्था आए तापनि देश र जनताले सुख नपाएको वर्तमान अवस्थामा देशलाई सुरक्षा दिन र अमनचयन कायम गर्नका लागि राजसंस्था नै अबको विकल्प भएको जिकिर गरेका छन् ।

विजया दशमीको अवसरमा निर्मलनिवासमा ६ महिनाको बालकदेखि ९५ वर्षीय वृद्धवृद्धासम्मले पूर्वराजा ज्ञानेन्द्र शाहबाट टिका थापेका छन्। सैयौंको संख्यामा अशक्त अपाङ्गले पनि ह्वीलचियरमा चढेर टिका आशीर्वाद थाप्न उपस्थित भएका थिए । टिका थाप्नका लागि ठूलै लाइन लागेको निर्मलनिवासमा सर्वसाधारणले २ घण्टाभन्दा बढी लाईन बसेर टिका थापेका छन् ।

त्यस्तै मुस्लिम समुदायका केहि व्यक्तिहरु पनि पूर्वराजाबाट टिका थाप्नका लागि निर्मलनिवासमा लाईन बसेका थिए। राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले पनि निर्मलनिवासमा उपस्थित भएर टिका आशीर्वाद ग्रहण गरेका छन्। टिका थापेर फर्कदै गरेका सर्वसाधारणहरुमा निकै राम्रो उत्साह र खुसी देख्न सकिन्थ्यो। दिउँसो ३ बजेबाट सुरु भएको टिकाको कार्यक्रम साँझ अबेरसम्म चलिरहेको थियो।