-Sanskrit Prof/Acharya Pipal Mani Sigdel

अमेरिकाको अक्षांश, देशान्तर तथा सूर्योदयअनुसार सेप्टेम्बर १ मा हरितालिका पर्छ

Hollywood Khabar August 25,2019 Comments

आचार्य पिपल मणि सिग्देल/न्यूयोर्क/८/२६/१९

विवाहित नारीले अविच्छिन्न सौभाग्यका साथै पतिको दीर्घायु एवं समृध्दिका लागि र अविवाहितले इच्छानुकूल योग्य वर प्राप्त गर्ने प्रार्थनासहित शिवको पूजा आराधना गर्ने महान् चाड हो हरितालिका तीज।

यस वर्ष अमेरिकाको अक्षांश, देशान्तर तथा सूर्योदयअनुसार तिथि गणना गर्दा अगस्ट ३१ तारिक शनिबार दर खाने, सेप्टेम्बर १ गते आइतबार हरितालिका तीज व्रत, सेप्टेम्बर २ तारिक सोमबार श्री गणेश चतुर्थी व्रत तथा सेप्टेम्बर ३ तारिक मंगलबार ऋषिपंचमी पर्व मनाउनुपर्ने शास्त्रीय मान्यता रहेको छ।

दिनको सुरुवात पूर्वबाट हुन्छ भने तिथिको सुरुवात पश्चिमबाट हुन्छ। अतः कतिपय व्रत तथा पर्वहरु नेपालभन्दा एकदिन पहिले नै पनि अमेरिकामा मनाउनुपर्ने हुनसक्छ।

जसरी ग्रहण जहाँबाट देखिन्छ त्यहींमात्र ग्रहणको असर हुन्छ र सुतक लाग्छ। त्यसैगरी विश्वमा छरिएर रहेका नेपालीहरुले स्थानीय अक्षांश, देशान्तर एवं सूर्योदयको समय अनुसार तिथि गणना गरी चाडपर्व तथा व्रत आदिको निर्णय गर्नुपर्ने हुन्छ । ऋजबत ऋय